धरान / सुनसरीको हरिनगरा गाउँपालिका ४ भुटाहा बजारको व्यस्थ सडकमा दिन दाहाडै का नेकपाका जिल्ला सल्लाहाकार समितिका सदस्य ५६ बर्षीय मोलाना खुर्शिद इस्लाहीको हत्या घट्नाले सुरक्षा चुनौती थपिएको छ । भारतीय सुटरले हत्या गरेर सीमावर्ती घुस्कीबाट भारत प्रवेश गरका थिए । अपराधीहरु सीमापारी गए पछि प्रहरीलाई पक्राउ गर्न समेत चुनौती थपिएको छ ।
भुटाहा घुस्की सीमाबाट करिव १५ किमी हो । सीमा १ किमी क्षेत्रमा प्रहरी पोष्ट तथा सशस्त्र प्रहरीको पोष्ट रहेको छ । भारतबाट आएर सुट गरेर उतै भाग्नुले त्यस क्षेत्रका जनता सुरक्षित मान्न सकिदैन् ।
यस घट्नाले सीमा क्षेत्र घुस्की, बसन्तपुर, भण्टावारी, मोरगको जोगमनीलगायतका स्थानबाट भारतीय अपराधी प्रवेश गरि जुनसुकै बेला नेपाली भूमिमा वितण्डा मच्चाएर पुन उतै फकर्न सक्ने सम्भावनालाई नकार्न सकिदैन् ।
घट्ना पछि प्रहरी अपराधीलाई पक्राउ गर्न चेक पोईन थाप्न जादै गर्दा प्रहरी माथिसमेत विच बजारमा गोली प्रहार भएको छ । प्रहरी जवान शिवलाल पौडेलको कम्मर र तिघ्रामा गोली लागेको छ । यस घ्टनाले नेपालको प्रहरी प्रसासन भन्दा अपराधी बलियो भएको पुष्टी भएको छ । यस घट्नालाई प्रहरीले चुनौतिका रुपमा लिएर राज्यका सबै संयन्त्र प्रयोग गरि अपराधीलाई पक्राय गरि मुलुकमा कानुनी राज्य छ भन्ने अनुभूति दिन चुक्नु हुदैन् ।


अस्थायी राजधानी विराटनगर कति सुरक्षित ?
प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर भारतीय सीमा नाकासँग जोडिएको छ । विराटनगर महानगरपालिका सीमानासँग जोडिएको क्षेत्र हो । मुख्यमन्त्रि शेरधन राईको मुख्यमिन्त्रको कार्यालय सीमा नाकाबाट करिव ५ किमी पनि दुरी छैन् । खुल्ला सिमानाका कारण हतियारधानी जुनसुकै बेला नेपाल प्रवेश गर्न सक्ने अवस्था छ । प्रदेश भरीका ९३ जना सांसदहरु विराटनगर केन्द्रित छन् । सीमा नाकाबाट आएका हतियारधारीबाट जनसुकै बेला प्रदेश १ का भिआईपी माथि आक्रमण हुन सक्ने सम्भावना बढेको छ । भुटाहा घट्नाले प्रदेश १ कै सुरक्षा चुनौती थपिएको छ ।
माननीयहरु के भन्छन् ?
हिजोको घट्ना अत्यन्तै दुख्द थियो । यो घट्नासँगै भारतीय सिमा जोडिएका क्षेत्रमा सुरक्षा चुनौती बढेको छ । विराटनगर त झन सिमासँग जोडिएको महानगरपालिका हो । अव मन्त्रि, माननीय र सामान्य नागरिकलाई यो सुरक्षा चुनौतीको विषय हो । अपराधी सिमापारि जाने भएकाले प्रहरीलाई पनि चुनौती छ । राजधानीको सुरक्षा चुनौतीबारे सदनदेखि सडकसम्म यस अघि पनि कुरा उढि रहेको छ । सुनसरीको भुटाहा घट्नाले झन त्रास बढेको छ । अव स्थायी राजधानी तोक्ने विषय तथा सुरक्षाको विषयमा प्रदेश सरकारले गम्भीर भएर सोच्नु पर्दछ । आयृतबार असोज ७ गते सदनमा बैठक छ । प्रदेशको सुरक्षा चुनौती र स्थायी राजधानीको विषयमा सदनमा बहस हुने छ ।

umita ji
उमिता बराईली, प्रदेश सभा सदस्य सुनसरी
हिजोको घट्नाले सुरक्षा खतरा बढ्यो । प्रदेश बोर्डर नजिक छ । अव मन्त्रि तथा सांसदहरुको समेत सुरक्षा चुनौती बढ्ने छ । यस बारे सदनमा पटक पटक आवाज उठाएका थियौं। प्रदेशको राजधानी सिमा नाका भन्दा टाडा हुनु पर्दछ भनेर । अव सरकारले स्थायी राजधानी तोक्ने विषयमा गम्भीर हुनु पर्दछ । प्रदेशको विच भागमा राजधानी बनाउदा सुरक्षित हुने हामीले सुझाव दिईसकेका छौ । माननीयहरुको सुरक्षामा सरकार अव गम्भीर हुनु पर्दछ ।

bina 1
विना राई, प्रदेशसभा सदस्ष्य, धनकुटा

सुरक्षा माग्दै शवसहित राजमार्गमा धर्ना
भारतीय अपराधीहरुको गोली प्रहारबाट तत्कालीन एमाले जिल्ला सल्लाहकार समिति सदस्य मौलाना खुर्सिदको हत्या पछि हरिनगरा गाउँपालिका २, भुटाहा शेकमा डुवेके छ । स्थानीयबासीहरु आन्दोलित छन् । स्थानीय पत्रकार अन्सार अन्सारीका अनुसार शवलाई इनरुवा स्थित राजमार्गमा ल्याएर सडक अवरुद्ध गर्ने कार्यक्रम तय भएके छ । पीडिलाई क्षातिपूर्ति र अपराधीलाई पत्क्राउ गर्नु पर्ने स्थानीयके माग रहेके छ । गृहमन्त्रि नअएसम्म शव पेष्टमार्टम गर्न नदिने भएका छन् ।
स्थानीय राजनीतिक दलका नेताहरु र प्रहरी, प्रशासनबीच वार्ता चलिरहे पनि निष्कर्षमा पुगेको छैन । पूर्व सांसद जाकिर हुसैनको नेतृत्वमा राजधानीमा मुस्लिम नेताहरुले गहृमन्त्री रामबहादुर थापालाई भेटेर स्थानीयबासीको मागबारे अवगत गराइसकेका छन् ।