धरान / सरकारले जारी गरेको कानुन चालकमैत्री नभएको भन्दै असोज २ गतेदेखि बन्द गर्दै आएका केही व्यक्तिहरुले चालकहरुकै मानमर्दन हुने काम गरेका छन् । राज्यको कुनै पनि निकायमा माग पेस नगरी पर्चाका भरमा यातायात मजदुरका नाममा आन्दोलनमा उत्रीएका ति समुहहरुले सवारी चालकहरुलाई सार्वजनिक स्थलमा बेईजत हुने काम गरेका हुन् । उनीहरुले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रु सहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाईदिने काम गरेका छन् ।
ति उदण्ड समुहले राप्ती एसी लगायतका दर्जनौ सवारी साधनहरुमाथी तोडफोड गरेको स्थानीयल ेबताए । उनीहरुले बन्दको पर्चामा बन्द नभै सवारी धनीलाई सवारीको चावी बुझाउने कार्यक्रम रहेकाले बन्दको समय सवारी चलाउनेलाई कुनै रोकतोक नगर्ने प्रतिवद्धता जनाएको भए पनि उनीहरु आफै चालकलाई कालोमोसो लगाउने काममा उत्रीएका छन् ।
मुलुकी अपराध संहिता ऐन २०७४ प्रतिष्थापन भएपछि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा समेत संशोधन भएपछि ऐनमै नभएको दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ वर्ष देखि १२ वर्ष कैद भन्ने कानुनमै नभएको कुरा पर्चामा लेखेर मजदुरहरुलाई उत्तेजित बनाउने उदेश्यले तयार भएको पर्चा देशभरी पुर्याएर देशै भरीका मजदुरहरुलाई आतंकीत बनाउने काम गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।
ऐनमा नभएको कुरा प्रचार गरेर मजदुरहरुलाई भड्काएको विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरेको नाममा विज्ञप्ति समेत जारी भएको थियो ।
ऐनमा के छ ?
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ ज्यान मरेमा हुने सजायको उपदफा १ को मनसायप्रेरित घटनामा सर्वस्वसहित जन्मकैद भन्ने स्थानमा जन्मकैद भन्ने मात्र रहेको सर्वस्वसहित भन्ने हटाईएको छ त्यस्तै ऐनको दफा १६१ को उपदफा २ लापरवाही भएको प्रमाणित भएमा २ देखि १० वर्षसम्म कैद रहेकोमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुने संशोधन भएको छ तर मुलुकी अपराध संहितामा कैद सजायको न्युनतम अवधि ३ वर्ष बनाईएकाले ऐनमा समेत स्वतः ३ वर्ष संशोधन भएको हो यसले चालकलाई कुनै असर गर्दैन किनभने ३ वर्ष कैद सजाय सुनाईएका कसुरदार धरौटीमा छुट्ने संहिताले व्यवस्था गरेकोले चालकहरुलाई खासै फरक पर्दैन ।
त्यसैगरी ऐनको दफा १६१ को उपदफा ३ को भवितव्य घटनामा ः एक वर्षसम्म कैद र २ हजारसम्म जरिवाना हुने भन्नेमा कुनै परिवर्तन भएकोछैन र ऐनको दफा १६७ मा काबु बाहिरको परिस्थितिमा दुर्घटना भई कुनै हानी नोक्सानी भएमा चालकलाई कुनै सजाय हुने छैन भन्ने व्यवस्था रहेको छ ।