करिव १२ बजेर १५ मिनेट तिर सञ्चार सेटमा खवर आयो । भुटाहामा गोली हानी हत्या भयो भनेर । हामी तीन जना तत्काल घट्नास्थलबाट १५ किमी दक्षिण बाटोमा चेकपोईट थाप्न दौडिएर निस्किऔं । म घुस्की बजारको सडकमा निस्किएको मात्र थिए । भीडमा म माथि प्रहार भयो । यसो हेर खैरो होण्डा भारतीय नं. को माईकमा दुई जना व्य्िरत्तज्ञm पछाडीबाट पेस्तोलले सुट गरेको देखे । छलिदा छलिदै दुई गोली लाग्यो । ५ फायरसम्म सुने । गोली लागे पछि म नर्भस भए । ती व्यक्ति दक्षिण तीर भागे । सीमा नाका त्यहाँबाट भारत लागे । बजारमा भीडभाड थियो । म सँग थ्रीनट राईफल थियो । कक गर्ने समय नै पाईन । फेरी सर्व साधारणको ठूलो भीड थियो ।
उनीहरुलाई नियन्त्रणमा लिने मेरा ठूलो धोको थियो । तर सडकमा निस्कने वितिकै आक्रमण भयो । दिन बलिया रहेछन् । वालवाल बाचे । अहिले सपना जस्तो लागेको छ ।
प्रहरी जवान
शिवलाल पौडेल
घाईते
प्रहरीलाई फाईरिङ गर्दै भागे हत्याराहरु
सुनसरीको हरिनगर गाउँपालीका वडा नम्बर ४ भुटाहाका नेकपाका नेता ५६ बर्षीय मोलाना खुर्शिद इस्लाहीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको छ । विहीबार दिउँसो इस्लाहीलाई दुईवटा मोटर साईकलमा आएका युवाहरुले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी रैयान नेसनल बोर्डिग स्कुलको अध्यक्ष समेत रहेको स्थानीय अन्सार अन्सारीले जानकारी दिए । उनी तत्कालिन एमालेका जिल्ला कमिटी सल्लाहाकार सदस्य थिए ।
भारतीय सीमाबाट आएका व्यक्तिले उनका हत्या गरि फरार भएको स्थानीयले जनाएका छन् । उनलाई छाती घुडामा दुई गोली लागेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुका अनुसार ११ः४५ बजेको समय भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका आएका दुईजनाले गोली चलाएका थिए । हत्या गरि भारतीय सीमा पार गर्ने क्रममा प्रहरीले रोक्दा प्रहरी पोष्टमा समेत गोली चलाएका थिए । गोली लागी प्रहरी जवान शिवलाल पौडेल घाईते भएका छन् । उनी दाया कम्मर र तिघ्रामा गोली वारपार भएको छ । उनी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भईरहेको छ ।
घट्नाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । फरार रहेका युवाको खोजीका लागि नाकाहरु शिल गरि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलयका एसपी राजन अधिकारीले जानकारी दिनु भयो । सीमाबाट भारत प्रवेश गर्नेक्रममा प्रहीले रोक्न खोज्दा प्रहरी पोष्टमा आक्रमण गरेका थिए । एसपी अधिकारी तथा सशस्त्र प्रहरी प्रमुख घट्नास्थल पुगेका छन् । घट्नाबारे जानकारी लिने काम भईरहेको एसपी अधिकारीले बताए ।
नेकपाका स्थानीय कार्यकतासमेत रहेको नेकपा सुनसरीका नेता रमेश बस्नेतले जानकारी दिनु भयो । बस्नेतले घट्ना दुख्द भएको बताउदै हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन् ।
तत्कालिन एमालेका जिल्ला संयोजक रमेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल( पप्पु)ले सयुक्त विज्ञप्ति जारी गरि घट्नाको छानविन, दोषीलाई कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ती दिन माग गरेका छन् ।
घट्ना पछि स्थानीयले हत्याको विरोधमा आन्दोलन शुरु गरेका छन् । गाउकै इमान्दार व्यक्तिको हत्यालाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै स्थानीयले भुटाहा बजार बन्द गरेर आन्दोलन शुरु गरेका छन् ।