धरानमा संविधान दिवशको अवसरमा प्रभात फेरी
धरान /  संविधान जारी भएको दिन आज धरान उपमहानगरपालिकाले प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ । धरान उपमहानगरपालिकाको आयोजनामा गरिएको प्रभात फेरीमा विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, बित्तिय बैंक, सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । उपमहानगरपालिका परिषरबाट शुरु भएको प्रभात फेरीलाई लोकतान्त्रिक चौतारीमा कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सम्बोधन गरेकी थिर्यन ।
कार्यवाहक प्रमुख भण्डारीले जनताको प्रतिनिधिको सकृयतामा बनेको नेपालको संविधानले सदियौं देखिको दासता, विभेदलाई अन्त्य गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको बताएकी थिईन । ‘युगौ देखिको विभेदहरुको अन्त्य गर्दै मौलिक अधिकारको रुपमा आएको छ । ३१ वटा मौलिक हकमा स्थापित भएका छन् ।’–सम्बोधनका क्रममा भनिन–‘संविधान जारी भएको ३ वर्ष भईसक्दा पनि कानुन पुर्ण रुपमा बन्न नसक्दा पुर्ण रुपमा संविधानमा प्रदत्त मौलिक हक कार्यान्यवन हुन सकेको छैन् । तर पनि जारी भएका कानुनहरुले लैङिगक, जाती, भाषा, संस्कृति लगायतका अधिकारहरुलाई सुनिश्चित गरेको छ ।’

संविधान दिवशको अवसरमा धरान उपमहानगरपालिकाले ३ दिन मनाउने घोषणा गरेको छ । दिवशको पूर्वसन्ध्यामा मंगलबार शहरको बिभिन्न चौंकहरुमा राष्ट्रिय झण्डा फहराउदै दिपावली गरेको छ । बुधबार साँझ भानुचोकमा दिपावली गरेको छ । ४ गते विहिबार संविधानको बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।