धरान  / धरान सत्र समाज हङ्गकङद्धारा सोमवार सुगर रोगले पिडित रोमन वोगटी सार्कीलाई उपचारको लागि नगद ८७ हजार रुपैया सहयोग गरको छ ।  सत्र समाज हङ्गकङका सल्लाहकार देव राइको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग रकम धरान १७ वडा अध्यक्ष मनोज भट्टराई, धरान उपमहानगरपालिका खेलकुद समिति संयोजक सुवास राई, पत्रकार जनकऋषि राईलगायतले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएर लामो समय देखि सुगर रोगले ग्रसित ३८ वर्षिय रोमन धरान १७ सिओन मार्गमा वस्छन । उनको उपचार्थ सहयोगको लागि १७ वडा समितिवाट सहयोगको लागि पत्र प्राप्त भएपछि सहयोग संकलन गरि पठाएको सत्र समाजका अध्यक्ष मधुकुमार राईले जानकारी दिए । धरान सत्र समाज हङकङले विभिन्न सामाजिक कार्य गर्ने क्रममा वाढिपिडित, भुकम्प पिडित, स्वस्थ्य, शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
सोही कार्यक्रममा धरान सत्र निवासी हाल हङकङ वस्नु हुने सत्र समाज हङकङ्गका सचिव विनोद राईले धरान १७ का नमस्ते चौकलाई पाच थान फुटवल प्रदान गरेको छ । धरान १७ चौक स्तरिय प्रतियोगिता आयोजनाको लागि आयोजक नमस्ते चौकलाई वल प्रदान गरेको हो । सहयोग वल नमस्ते चौकका अध्यक्ष भविन राईलाई सत्र समाज हङ्गकङका सल्लाहकार देव राइको हातवाट प्रदान गरिएको थियो ।
तस्विरः विकास चाम्लिङ राई