काठमाडौँ — नेकपाले पार्टी एकता लगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बुधबार सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक तय गरेका हुन् ।
दुई अध्यक्षबीच भएको छलफलले सचिवालयको बैठकबाट स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने सहमति भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा भएको छैन । जिल्ला, प्रदेश सबैतिर विवाद कायमै रहेीआएको छ ।त्यसैले विवाद मिलाउने गृहकार्यका लागि पनि सचिवालय बस्न लागेको हो ।
वैठकबाट वाकी रहेका प्रदेश जिल्ला र स्थानीय तहको नेतृत्वको लागि सहमतिको वाटो खुल्ने अपेक्षा गरीएको छ ।