सुनसरी / सुनसरीको रामधुनी ७ पञ्चायनमा जारी प्रथम पञ्चायन गोल्डकप फूटबल प्रतियोगिताको उपाधी शान्तीनगर फुटबल क्लव तरहराले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा शान्तिनगरले एभरेष्ट फुटवल क्लव बराहालाइ २–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । बिजयी टिम शान्तिनगरका लागी उमेश राइ र किरण राइले एक–एक गोल गरे । उपाधी बिजेता शान्तिनगरले नगद ५१ हजार सहित टफी पाएको छ । उपबिजेतामा सिमित भएको एभरेष्ट फूटबल क्लबले नगद ३१ हजारमा चिक्त बुझाएको छ । बिधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी शान्तिनगरका उमेश राइ घोषित हुदै नगद २५ सय र टफी हात पारे । यस्तै राइजिङ प्लेयरको उपाधी आयोजकका अजित चौधरीले हात पार्दै नगद ३१ सय पाए । यस्तै उत्कृष्ट फरवार्ड आयोजकका अनिशराज धामी, उत्कृष्ट मिडफिल्डर एभरेष्टका रोशन भुजेल, बेस्ट डिफेन्स शान्तिनगरका रुपेश भुजेल, बेष्ट किपर शान्तिनगरका सन्जिप श्रेष्ठ घोषित भए । फाइनल खेलको म्यानअफ द म्याच शान्तिनगरका उमेश कार्की घोषित भए । उनीहरु सबैले जनही नगद ११ सय सहित टफी पाए । बिजेता तथा उपबिजेता टिमलाइ रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरी, स्थानिय समाजसेवी उपेन्द्र कटुवाल, एन्फा सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार प्रदान गर्नुभयो । स्थानिय पञ्चायन क्लबको खेल मैदानमा भदौ १६ गते देखी सुरु भएको प्रतियोगीततमा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको थियो । पञ्चायन सामुदायिक बनको मुख्य प्रायोजन र सुनसरी सामुदायिक बन र कुमरखत सामुदायिक बनको सहप्रयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।