धरान / धरान विपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान २५ औं बर्षमा प्रवेस गरेको अवसरमा प्रतिष्ठानमा भएको अनुसन्धानबारेको पुस्तक सार्वजनिक गरेको छ । २५ बर्ष पुगेको अवसरमा एक सातादेखि रजत जयन्ती मनाईरहेको छ । पुस्तकको विमोचन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि डा.सुरेन्द्रप्रसाद यादवले गरेका थिए । उनले विपी प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन आफुले पहल गरिरहेको बताए । यसलाई विश्व विद्यालय बनाउन आवश्यक भएको राज्य मन्त्रि यादवले बताए ।
विपी प्रतिष्ठानमा भएको अनुसन्धानबारे भएको कार्यपत्र प्रस्तुती कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्रि यादवले प्रतिष्ठानको सेवा विश्वासनीय भएकाले जनताको आस्ता र विश्वास डगमगाउन नदिन उनले प्रतिष्ठान प्रशासनलाई आग्रह गरे ।
विपी प्रतिष्ठानको नाम जोडेर विगतमा स्वास्थ्य मन्त्रालय नै बद्नाम भएको बताउदै प्रतिष्ठानलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रतिनीधि सभा सदस्य मीना सुब्वाले प्रतिष्ठानमा एउटा वेडमा ३ जना सुत्केरीलाई राख्नु पर्ने अवस्थाबारे राज्यमन्त्रि यादवलाई ध्यानाकर्षण गराएकी थिईन । उनले भनिन–‘मन्त्रि ज्यु यहाँको समस्यालाई बुझेर बजेट दिनु प¥यो । आफने क्षेत्रका जनताले उचित सेवा पाएका छैनन् । आर्थिक समास्यामा परेको विपीका लागि राज्यको पहल होस् ।’
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार, रेक्टर डा. गुरु खनाल, रजिस्टार तुलबहादुर श्रेष्ठ, अस्पताल डाईरेक्टर गौरीशंकर साह, कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्रबक्ता डा पशुपति चौधरीलगायतले बोलेका थिए ।  विभिन्न विभागबाट २ सय ६० वटा अनुसन्धानका कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । प्रतिष्ठानले एक सातादेखि विभिन्न कार्यक्रम गरेर २५ औंं रजत जयन्ती मनाईरहेको छ ।

२ दिने स्वास्थ्य विज्ञान प्रर्दशनी

स्वास्थ्यमा सबैको पहुँच, सर्वसुलभ स्वास्थ्य सेवा सबैको अधिकार भन्ने नारासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ दिने स्वास्थ्य विज्ञान प्रर्दशनी भएकाे छ ।
प्रतिष्ठानको एकेडेमिक ब्लकमा बुधबारदेखि प्रर्दशनी शुरु भएको हो । प्रर्दशनीको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले गरेका थिए । स्कुल र प्लस टुका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको प्रर्दशनीमा प्रतिष्ठानका विभिन्न १९ वटा विभागहरुले सचेतना एवं जानकारीमुलक स्वास्थ्य सम्बन्धी स्टलहरु राखेका छन् भने एउटा दिल्ली पब्लिक स्कुलको पनि स्टल छ । उनीहरुले विद्यार्थीहरुलाई स्वास्थ्य, रोग र रोगबाट बच्ने उपायहरुबारे मौखिक, व्यावहारिक जानकारी पनि गराइएकाे थियाे ।  
प्रर्दशनी प्रतिष्ठानको २५ औं बार्षिकोत्सव एवं रजत जयन्तीको अवसरमा आयोजना भएको हो । प्रर्दशनी आयोजक समितिका संयोजक एवं स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रमुख डा.अनुप घिमिरेका अनुसार कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रर्दशनी गरिएको हो । तर, अन्य विद्यार्थी, सर्वसाधारणहरुलाई पनि प्रर्दशनीले फाइदा पुग्ने भएकोले सबैको लागि खुला गरिएको छ । प्रर्दशनीमा प्रतिष्ठानका कलेज अफ नर्सिङ, डेन्टल सर्जरी, पब्लिक हेल्थ, इन्टरनल मेडिसिन, बच्चा विभाग, सर्जरीलगायत १९ विभाग र दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुको पनि एउटा गरी कुल २० वटा स्टलहरु थिए ।