जाजरकोट / चुनाव ताका धेरै नेताहरु सरकारी जागिर सुविधा छाेडेर चुनावी मैदानमा उत्रिए । उनीहरुले राजनितिलाई निकै महत्व दिएकाे पाईन्छ । तर पछिल्ला समय राजनितिबाट कतिपय जनप्रतिनिहरुलाई हाउगुजी भएकाे उदाहरण पनि देख्न पाईन्छ । जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकीछन । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकी हुन । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएकी थिइन ।  
उनी छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बनेकी छन्। बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल भएकी थिइन । 'जनताकाे सेवा गर्ने फेरी पनि अाउछ माैका अहिले बालबालिकाहरुलाई बढाएर असल मान्छे उत्पादन गर्छु ।'-जनटाइम्ससँग उनले भनिन ।
कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उनी शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएकाले शिक्षण पेशामा लाग्न पाउने अधिकार भएकाले परीक्षामा उत्तीर्ण भई सिफारिश गरिएको हो । फाइल तस्तिर ।