धरान / धरान उपमहानगरले अवैज्ञानिक रुपमा कर वृद्धि गरेको विरोधमा नेपाली काङ्ग्रेस धरान उपमहानगर कमिटिले बिहीबार धरान उपमहानगरपालिका धर्ना दिँदै ज्ञापन पत्र बुझाए छ ।
सयौं संख्यामा उपस्थित भएका कांग्रेस कार्यकर्ताले कर वृद्धि फिर्ताको माग गर्दै उपमहानगरपालिका नाराबाजी समेत गरेका थिए ।
वृद्धि गरिएको कर फिर्ता नगरेसम्म कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने कांग्रेस सुनसरी क्षेत्र–१ का सचिव मुरारी भट्टराईले बताए । घराउ पछि कर वृद्धि फिर्ता गर्न माग गर्दै धरानका २० वटै वडामा नगरवासीले गरेको हस्ताक्षर उपमहानगरका कार्यबाहक मेयर मणिराम राईलाई बुझाएका छन् । ३० हजार धराने जनताको हस्ताक्षर सहित कर वृद्धि फिर्ता गर्न माग गरिएको नेपाली काङ्ग्रेस धरान नगर सभापति तिलक राईले बताए ।