विराटनगर / राष्ट्रिय मानवअधिकार आयोग र अनौपचारीक सेवा केन्द्र विराटनगरले मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयमा विराटनगरमा मंगलबार अन्र्तक्रिया गरेको छ ।  आयुक्त गोविन्द शार्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा श्यामबाबु काफ्ले र टिकाध्वज खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, मुख्य न्यायधिबक्ता चुडाप्रसाद आचार्य, मानव अधिकारकर्मी सुवोधराज प्याकुरेल, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मोहन जोशीलगायतको उपस्थिति रहेको थियो ।