काठमाडौं /  प्रदेश कार्यदलले जिल्ला नेतृत्व छनोट गर्दा ‘एकलौटी सिफारिस गरेको भन्दै माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको छ । विशेष गरेर पाँच नम्बर प्रदेशका १२ जिल्लाका २४ पदमा एकजनासमेत माधव नेपाल पक्षधर नपरेको भन्दै नेकपाभित्रको विवाद शुरु भएको छ ।
पूर्व एमालेबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व पोलिट्व्युरो सदस्य दलबहादुर राना तथा माओवादी केन्द्रबाट मणि थापा र गणेशमान पुन रहेको कार्यदलले साउनको अन्तिम साता जिल्ला र प्रदेश कमिटीको नाम सिफारिस गरेको थियो ।
दाङमा पूर्व एमालेका साविक जिल्ला अध्यक्ष टीकाराम खड्का छन् । तर, पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेलले आफ्नै बहिनीज्वाइँ शिव आचार्यलाई जिल्ला अध्यक्ष सिफारिस गरेको नेपाल पक्षको आरोप छ ।
बाँकेमा पनि नेपाल पक्षलाई अन्याय भएको 

उनको ठहर छ । बाँके जिल्ला अध्यक्ष पूर्वमाओवादीको भागमा परेको छ, त्यसमा विवाद गर्ने कुरा भएन । तर, सचिव पदका लागि योग्यतम् उपाध्यक्ष नीरज गुरूङ, सचिव रत्न खत्री उपसचिव प्रमोद धिताल थिए । उनीहरू कसैलाई पनि योग्य नठहर्‍याइ उपाध्यक्षमा पराजित भएका गोपाल गिरीलाई सचिवमा सिफारिस गरिएको छ ।
“गिरीको योग्यता गुटभन्दा ज्यादा छैन । त्यहाँ पनि नेपाल पक्षलाई कत्लेआम गर्ने काम भएको बताइएको छ । अर्घाखाँचीमा पनि त्यस्तै समस्या चुलिएको छ । जिल्ला नेतृत्व सिफारिसमा विधि, प्रकृया सबै मिचिएको भन्दै पूर्व जिल्ला सचिव रामबहादुर चौहान काठमाडौँ आएका छन् ।
नेपालनिकट केन्द्रीय सदस्यले पनि कुनै हालतमा चौहान नै जिल्ला अध्यक्ष सिफारिस हुनुपर्ने बताउँछन् । जिल्ला अध्यक्ष चेतनारायण आचार्य प्रदेश सांसद छन् । उपाध्यक्ष जीवनारायण कोइराला पाणिनी गाउँपालिका अध्यक्षमा पराजितका भए । , उनलाई पनि जिम्मेवारी दिइएको छैन । सहसचिव प्रेमनारायण गैरे उहाँहरू कसैसँग समन्वय नगरेर, नसोधेर एकैपटक सचिवमा पराजित पिताम्बर भुसाललाई ल्याइयो, यो पनि अन्यायको अर्को उदाहरण भएको उक केन्द्रीय सदस्यले बताए ।

काठमाडौँमा पनि त्यस्तै समस्या छ । काठमाडौँमा पनि पदाधिकारी नै नरहेको र जिल्ला सदस्यमात्रै भएको रामशरण ढुंगानालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट भएकै आधारमा जिल्ला अध्यक्ष सिफारिस गरिएको भन्दै आपति जनाएका छन् । सिन्धुपाल्चोकमा झम्क नेपाल यसअघि जिल्ला अध्यक्ष थिए । साथै अध्यक्ष सिफारिस गर्न मापदण्डले पनि रोक्दैन । तर, एकलौटी गरिएको भन्दै बालकृष्ण देउजालगायतको समूह अहिले पार्टी नेतृत्वको घरदैलो गरिरहेको उनी बताउँछन् ।
रोल्पाको अध्यक्ष पूर्वमाओवादी केन्द्रको भागमा प¥यो । साविक एमालेको अध्यक्ष थिए– हरिप्रसाद घ

र्ती । घर्ती कुनै पदमा नरहेकाले सचिवमा बस्न राजी थिए । तर, घर्तीलाई पन्छाएर ईश्वरी जीएमलाई सचिव बनाइएको भन्दै नेपाल पक्ष रुष्ट बनेको छ ।  प्रदेश १ र २ ले सिफारिस नै गरेका छैनन् । १ नं. केही जिल्लामा मात्र नेपाल पक्षले पाउने भएको छ । धेरैजसो ओली पक्षकालाई नै नेतृत्व दिने तयार िगरिएको श्रोतले बताएको छ । नं. १ मा भीम आचार्य र शेरधन रा

ई कार्यदलमा छन् । प्रदेश ४ ले पूर्णरुपमा सिफारिस गरेको छैन । प्रदेश ३ मा नेपाल निकट अष्टलक्ष्मी शाक्य भएकाले उनले सन्तुलन मिलाएको नेपाल पक्ष बताउँछ । ६ मा नेपाल पक्षकै युवराज ज्ञवाली र ७ मा भीम रावल भएकाले त्यहाँ पनि त्यति धेरै विवाद छैन ।

तर ५ नम्बर प्रदेशमा नेपाल पक्षलाई ‘कत्लेआम’ नै गरिएको भन्दै नेपाल पक्षले शनिबार गुटको अनौपचारिक छलफल गरेको बताइएको छ । छलफलमा पाँच नम्बर प्रदेशमा पोखरेलले एकलौटी गरेको र नेपाल पार्टी नेतृत्वमा रहेका बेलाको रिस फेरेको टिप्पणी भएको थियो । छलफलमा नेता नेपालले समानान्तर कमिटी बनाउन निर्देशन दिएको बताइएको छ ।

shaya_chasma