१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको एेतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धान्तिक जगमा यसलाई अझ सुद्रिढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको बिन्दुसम्म पुर्याउन नेत्रीत्व गर्ने मुख्य नेताद्वय केपी अोली र प्रचन्ड, यसमा सकारत्मक भूमिका निर्बाह गर्नुहुने बिरिस्ठ नेताहरु, बिभिन्न तहका नेता तथा कार्यकर्ताहरु सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दाबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैब निहुरिरहने छ । 
२. पार्टी एकीकरणसंगै केन्द्रिय कमिटीको निर्माण, स्थायी समिती तथा सचिबालयको गठन, पदीय ब्यबस्थापन आदी बिषयमा समेत केही असन्तुस्टी रहेका थिए । अनेकौ राष्ट्रिय एजेण्डाका बीचमा पार्टी एकताको कार्य हतारमा गर्नुपर्दाको कारण केही कमजोरी भयोहोला भनेर नेत्रित्वलाई शंकाको सुबिधा दिनु उपयुक्त हुन्छ । यध्यपी पारदर्शी र लोकतान्त्रिक बिधि तथा सहभागितामुलक प्रकृयालाई ब्यबस्थित गर्न सकेको भए कमजोरिलाई न्युनिकरण गर्न सकिन्थ्यो । 
३. तल्ला कमिटी र मोर्चा संगठनको एकीकरणका लागि गठन गरिएका कार्यदलहरुले अत्यन्तै जिम्मेवारीपुर्बक संगठनको एकीकरणका लागि काम गरिरहेका छन् । म कार्यदलका सबै कमरेडहरुले गर्नु भएको मेहनतको प्रशँसा गर्दछु । जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिबालयले केहि मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्‍यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ती भएका हुन भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिबालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ । यत्रो बिशाल संरचना भएको र युगिन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रकृया, पारदर्शिता र सहभागितामुलक बिधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र संचालन हुनै सक्दैन् । 
४. समय घर्केको छैन । बिग्रिनु पूर्व नै सच्याउने काम गरौ । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदन्ड लागु गरौ 
क. कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको छैन भने अब बन्ने एकिक्रित कमिटीको अध्यक्ष उसैलाई बनाऔ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्बाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिबलाई र सचिब पनि त्यस्तै भए उपसचिबलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ बरिस्ठ सदस्य मध्येबाट् जिम्मेवारी दिने ब्यबस्था मिलाऔ । 
ख. मोर्चा संगठन, संपर्क कमिटी/ मंच र प्रबास कमिटीमा पनि यहि मापदन्ड लागु गरौ । 
ग. आउने एकबर्षभित्रमा सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउका साथै जनसंगठनहरुका अधिबेशनहरु सम्पन्न गरौ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक बिधिबाट नेत्रित्वको छनोट गरौ । 
५. एमाले र माओवादी बीचको एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकिक्रित स्वरुपमा रुपान्तरण भएको हो । यहि संगठनात्मक सिद्धान्तमा उभिएर केन्द्रमा कमिटी र नित्रित्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संक्रमणकालिन अवस्था भनेको छ । मातहतमा पनि यहि सिद्धान्तलाई पछ्याउनु पर्दछ । 
६. यो एकताको बेला हो । यो जटिल र संबेदनशिल बेला पनि हो । यस्तो बेलामा अनाबश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन् । त्यसमा पनि पार्टी र सरकार माथि चौतर्फी आक्रमण भैरहेको बेलामा सिगो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्टीभित्र निशेध र प्रतिसोधको व्यबहार मार्फत पार्टीलाई कमजोर बनाउने हर्कतहरुलाई इतिहासले क्षमा गर्ने छैन । 
७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचन्ड, पार्टी एकताको घोषणासंगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई ईतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुनुछैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौं लाख कार्यकर्ताहरुले तपाईंहरुबाट न्याय र समानता खोजेका छन, एउटा असल अबिभाबकको भूमिका खोजेका छन् । मेरो कठोर बिश्वस् छ - हजारौ चुनौती र अप्ठ्यारामाथि खरो उत्रैदै आउनु भएका तपाईहरु आफ्नै कार्यकर्ताका यि अपेक्षामा पनि सफल बन्नु हुनेछ । 
नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केहि तिता समाचारहरु सार्वजनिक भएकोप्रति मलाई चिन्ता लागेर यो टिप्पणी सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केहि ढिला गरी डाकिएको कारण नेत्रित्व समक्ष सुझाबका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वाश र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौ । धन्यवाद ! फेसबुक पेजबाट