धरान / धरान उपमहानगरपालिका–५, साउने टोलकी १७ वर्षीया एक किशोरीलाई बलात्कार गरेर दुइृ महिनादेखि फरार रहेका स्थानीय बोडिङका प्रिन्सिपल झमक बस्नेतलाई प्रहरीले अफै पक्राउ नगरेको भन्दै अनेरास्ववियु र अलिन क्रान्तिकारी सुनसरीले प्रहरीलाई २४ घण्टाको अल्टीमेट दिदै सोमबार प्रहरीलाई ज्ञापन पत्र बुझाएको छ ।
२०७४ फागुन २५ गते उनीमाथि स्थानीय झमक बस्नेतले बलात्कार गरेका थिए । कक्षा ११ मै पढ्दा देखि यौन हिंसा खेप्दै आएकी ती किशोरीमाथि पटक पटक यौनहिंसा भए पछि गत जेठमा सार्वजनिक गरेकी थिईन ।
घट्ना सार्वजनिक भए पछि असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । असारमा उजुरी दिए पनि प्रहरीले हालसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन् ।
यसअघि ती विद्यार्थी संगठनले किशोरी बलात्कार गर्ने अभियुक्तलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै दवाव दिए पनि इलाका प्रहरी कार्यलय धरानले अभियुक्त पक्राउ गर्न अझै नसकेको भन्दै सोमबार २४ घण्टाको अन्टीमेटम दिदै ज्ञापन पत्र बुझाएको छ । बलात्कारीलाई राजनीतिक संरक्षण तोड्न र ततकाल पक्राउ गरि कारवाहीको दाहेरामा ल्याउन दवावका लागि अखिलका अध्यक्ष इश्वर पुलामी मगरेको संयोजकत्वमा ५ सदस्य संघर्ष समिति समेत बनाएको छ । समितिको सहसंयोजकमा अनेरास्ववियुका जिल्ला अध्यक्ष मदन बस्नेत रहेका छन् । सोमबार नै उनीहरुले धरान उपमहानगरपालिकाकी न्यायीक समितिकी संयोजक तथा कार्यवहाक मेयरलाई समेत ध्यानाकर्षण पत्र बुझाएको संघष समितिका उपसंयोजक मदन बस्नेतले बताए । ‘अभियुक्त राजनीतिक आडमा बसेको छ । तर प्रहरील पक्राउ गर्न सकेको छैन् ।’– संघर्ष समितिका संयोजक मगरले भने–‘बरातकारजस्तो जघन्य अपराध गर्ने अपराधीलाई संरक्षण गर्नेहरुको हामी भण्डाफोर समेत गर्छौ ।’
घट्ना पछि किशोरी विस्थापित
दुई सातासम्म भ्याईस अफ चिल्ड्रेनको सहयोगमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उचपार पछि एक साता अघि घर फर्केकी ती किशोरी घरमा बस्न मानिन् । अस्पतालबाट डिस्चार्च भएकी पीडित किशोरी मानसिक समस्यामा परेकी छन् । उनलाई उपचारमा संलग्न चिकित्सक डा. सिर्जना सिलवालले त्यही घर परिबेशमा रहदा फेरी थप समस्या हुने भएकाले अन्यत्र राख्न परिवारलाई सुझाव दिएकी छन् । पीडक झमकको घर १०० मिटर नजिक भएकाले थप समस्या हुनबाट बचाउन अन्यत्र राख्न प्रहरीले पनि सल्लाहा दिएको उनको परिवारले जनाएको छ ।
घरमा बस्ने अवस्था नै नभए पछि उनी विस्तापित भएकीछन् । एक संस्थाको सहयोगमा उनलाई गत शुक्रबार काठमाण्डौ पठाइएको किशोरीका बुबाले बताए । ‘घरमै राख्ने सोच थियो तर घट्ना पछि उनी बस्न सकिनन् । झन मानसिक समस्यामा परिन । काठमाण्डौ पठाए ।’–उनले भने–‘
यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले पीडकको खोजी जार िरहेको बताएका छन् । भारत गएर लुकेका कारण पक्राउ गर्न समस्या भएको बताउदै आएका छन् ।
पीडितलाई तत्काल पक्राउ गरि कारवाही गर्न महिला संजाल धरानको पहलमा धरान उपमहानगरपालिका न्यायीक समिति, राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश सरकार, प्रशासन कार्यलयलगायतमा ज्ञापन पत्र बुझाईएको छ ।