धरान / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीको नेतृत्वको विषयमा कुनै निर्णय भईनसकेको जिल्ला कायदलका एक सदस्यले बताएका छन् । जिल्ला कार्यदलका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौलाले फेसबुकमा भाद्र ९ गते साँझ ६ बजे सम्म सुनसरीको नेतृत्वको बारेमा कुनै टुङ्गो नलागेको सार्वजनिक गरेका छन् ।
हिजो देखि फेसबुक तथा सामाजिक सञ्जालहरुमा माओवादी केन्द्रका नेता मुक्साहाङलाई जिल्ला संयोजकको जिम्मेवार िदिएको भन्दै बधाई लेख्ने र लेखाउने काम भएको थियो । सामाजिक सञ्जालमा उनलाई बधायृ दिनेको ओईरो लागेको छ । तर यता कार्यदलले भने कुनै निर्णय नै नगरेको कुरा जनमानसलाई भ्रम फैलाउने काम भएको भन्दै निराधार हल्लाको पछि न लाग्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ । यस्तै नेकपाका केन्द्रीय सदस्य निर्मल बरालले पनि कुनै निर्णय नै नभएको कुरामा भ्रम नफैलाउन फेसबुक मार्फत नै अनुरोध गरेका छन् । उनले एमालेबाट ९८ जना र माओवादी केन्द्रबाट ६७ जना जिल्लामा लाने निर्णय भएको तर अध्यक्ष र सचिव कस्लाई बनाउने भन्ने निर्णय भईनसकेको बताए ।

   अध्यक्षः               निर्णय हुन बाँकी
सचिवः                निर्णय हुन बाँकी
  सचिवलायः    ३२ एमाले, २३ माओवादी केन्द्र
                     पार्टी कार्यालयः   साविकको इनरुवा स्थित  एमाले पार्टी कार्यलय


जिल्ला कार्यदलमा धर्मराज निरौला र रमेश बस्नेत पुर्व नेकपा माओवादी केन्द्रका रामकुमारी चौधरी र सरस्वती पोखरेल रहेका छन । जिल्लाको कार्यदलले आज ३ बजे प्रदेशस्तरमा बनेको कार्यदललाई प्रतिवेदन बुझाएको कार्यदलका सदस्य रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्ला कार्यदलले दुवै पार्टीबाट १६५ जनाको जिल्ला कमिटी बनाउने निर्णय गरेको छ । एमालेबाट ३२ जना र माओवादीबाट २३ जना रहने गरि सचिवालय बनाउने सहमति भएको छ । जिल्ला कार्यलय साविकको इनरुवास्थित एमाले पार्टी कार्यलयलाई बनाउने सहमति भएको छ ।
जिल्लाको नेतृत्व दुवै तर्फबाट दावी भए पछि जिल्ला कार्यदलले नेतृत्वको विषयमा टुङ्गाउन प्रदेश कार्यदललाई जिम्मेवारी दिएको छ ।

१ नम्बर प्रदेशका कार्यदलमा नेकपाका स्थायी कमिटि सदस्य भीम आचार्य, शेरधन राई, राम कार्की र केन्द्रीय सदस्य सावित्री काफ्ल रहेका छन् । श्रोतका अनुसार सुनसरीमा एमालेलाई अध्यक्ष दिने र सचिवमा माओवादीबाट बनाउने सहमति भएको बताइएको छ । अध्यक्षमा हाल एमालेका संयोजक रमेश बस्नेतलाई बनाउने बताइएको छ । सचिवमा माओवादीको तर्फबाट शिव डागी, सन्तोष थारु र सुरेन्द्र मेहताको दावेदारी रहेको श्रोतले बताएको छ ।