धरान / लामो समयदेखि खम्वुवान राष्ट्रिय मोर्चामा सकृय रहेका केन्द्रीय कार्यवाहक अध्यक्ष भूपि कोयीले पार्टी अध्यक्षले मानोमानी गरेको भन्दै पार्टी विभाजन भएकाे घोषण गरेका छन् ।
खम्बुवान राष्ट्रिय मोर्चाबाट अलग भएर किरात खम्बुवान राष्ट्रिय साझा पार्टी घोषणा गरेको उनले शुक्रवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा नवगठित पार्टीका संयोजक समेत रहेका भूपि कोयीले खम्बुवान राष्ट्रिय मोर्चाबाट अलग भएको घोषणा गरेका थिए । उनले खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तथा पूर्व सभाषद समेत रहेका रामकुमार राईले पार्र्टीमा मनोमानी र परिवारवाद लागू गरेको आरोप समेत लगाएका थिए ।
संयोजक भूपि कोयीले खम्वूवानले ‘२६ वर्षदेखि उठाउदै आएको मूल मुद्दालाई किनारा लगाएर आर के राईले व्यक्तिगत र नीजि सम्पत्ति जस्तो गरेर पार्टी चलाएकाले आफूहरु अर्को पार्टी खोल्न वाध्य भएको वताए । मोर्चााका अध्यक्ष आरके खम्वूले संविधान सभाको निर्वाचनमा आफू सभाषद हुनका लागि राष्ट्रिय जनता पार्टीसँग समाहित गरेको समानुपातिक कोटामा सभाषद लडेका थिए । यस अघि पार्टीले पाएको एक मात्र सभाषदमा उनले किर्ते माइन्युट गरी निर्वाचन आयोगमा आफ्नो नाम पठाएको आरोप समेत लाग्दै आएको छ । उनले आफू सभाषद भएको समयमा पनि कार्यकर्तालाई निजी सचिव वनाउनुको साटो आफ्नै भान्जालाई जागिर दिएका थिए ।
कोयीको संयोजकत्वमा ७५ सदस्यी केन्द्रीय कमिटि गठन भएको पत्रकार सम्मेलनमा वताइएको छ ।
कोयीले दिएको जानकारी अनुसार पाटीको सचिवमा विक्रम राई, सह सचिव रमेश राई, प्रवक्ता देवीबहादुर राई, कोषाध्यक्षः खगेन्द्र प्रसाद राई र सहकोषाध्यक्षमा भद्रकुमारी राई रहेका छन् । संयोजक कोयीका अनुसार खरामोका ७५ भन्दा बढी केन्द्रीय सदस्य नयाँ पाटीमा आएका छन् जसमा अधिकांश युवा नेता रहेका छन् ।खम्वुवान राष्ट्रिय मोर्चा यस अघि पनि वारम्वार टुक्रिदै आएको छ । टुक्रिएको कुनै समूह राजनीतिमा सकृय छैन भने कोही नव गठित मोर्चामा समावेश भएकाछन् । अरुलाई उपयोग गरेर आफ्नो पद जोगाउन माहिर मानिने आरके खम्वूका दाहिने हात मानिने कोयीकोे विभाजनले उनलाई निकै समस्यामा पार्ने देखिएको छ । पछिल्लो समय खम्वूवानको संगठन कोयीले नै थामेका थिए ।