धरान / उज्यालो समाज धरानले आफ्नो स्थापनाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लोकतान्त्रिक चौतारी भानुचोकमा शनिवार आयोजना गरीएको सो कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमन तिम्सिना प्रमुख अतिथि रहेको सो कार्यक्रम समाजका अध्यक्ष विप्लव राईको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा समाजका सदस्यहरुलाई उज्यालो समाजको लोगो अंकित ३० थान टि–सर्ट समेत वितरण गरीएको थियो । उक्त टिसर्ट समाजका सदस्य गणेश वस्नेत र रमेश केसीले उपलव्ध गराएका थिए । समाजले आफ्नो स्थापना कालदेखि सामाजिक र मानवीय कार्य गदै आएको समाजका उपाध्यक्ष वलराम राना मगरले जानकारी दिएकाछन् ।
उनले आगामी दिनमा पनि समाजले समाजमा उदाहरणीय गदै जाने योजना अघि सारेको वताए ।