धरान / बराहक्षेत्र–१ खारखोला स्थित मदन भण्डारी राजमार्गकाे पकली चतरा सडक खण्डमा मंगलबार भएकाे दुर्घटनामा  एकजनाकाे मृत्यु ज्यान गएकाे छ । घट्नामा तीन जना घाइते भएका छन् ।
इटहरीबाट उदयपुर जादै गरेको को २९ प १३३६ नं. मोटरसाइकल र चतराबाट धरानतर्फ जादै गरेको मे १ ज २३८७ नं. को टाटा सुमो एकआपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी ८ बस्ने महानन्द सरदारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 
उनकाे उपचारकाे क्रममा  विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे हाे ।  इनरुवा ७ बस्ने लक्ष्मण उराउ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय चतराका सइ चक्रमणी थापाले बताए । त्यस्तै सुमोमा सवार उदयपुर बेलका नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मी चौधरी र उनको २ वर्षका छोरा समेत घाइते भएका छन् । उनीहरुलाई उपचारको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । टाटा सुमो चालक बेलका ३ बस्ने गोपाल कुमार खड्का र दुवै सवारी अहिले चतरा प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना धरान र पकलीबाट अाउने बाटाेकाे  विचमा भएकाे थियाे ।