इनरुवा / सुनसरी सदरमुकाम इनरुवामा महिला शक्ति संजाल इनरुवाले बलात्कार बिरुद्धको हस्ताक्षर अभियान थालेको छ ।
सुनसरीमा महिलाहरुले विश्व मानव अधिकार दिवशको अवसर पारेर आईतबारदेखि बलात्कार बिरुद्धको हस्ताक्षर अभियान कार्यक्रम सुरु गरेका छन् ।
एक हप्ते हस्ताक्षर अभियान थालेको महिला शक्ति संजाल इनरुवा र एम नेपाल सुनसरीले मुलुकमा बढ्दै गएको यौनजन्य हिसां र बलात्कारका घटनालाई न्युनिकरण गर्न र बलात्कारीलाई जन्म कैद सहित कडा कार्वाहीको माग गर्दै बलात्कार बिरुद्धको हस्ताक्षर अभियान सोमबार पनि जारी रहेको छ ।
इनरुवा नगरपालिका १ स्थित लोकतान्त्रिक चौकमा आयोजित सो अभियान कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य जयकृष्ण यादव, इकवाल अहमद, अधिकारकर्मी सकुन्तला भण्डारी, सुनोज निरौला , इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी, महिला अधिकारकर्मी तोया गिरी पौदार लगायतको उपस्थिती रहेको थियो ।
बलात्कार बिरुद्धको हस्ताक्षर अभियान कार्यक्रम मार्फत महिला शक्ति संजाल इनरुवा सुनसरीले बलात्कारीलाई जन्मकैदको सजाय गर, महिला हिंसा अन्त्य गर, शान्ति सुरक्षा कायम गर लगायतका माग राखि संकलन गरेको व्यानर भदौ १० गते आईतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउने महिला अधिकारकर्मी सोनीया खातुनले जानकारी दिईन ।