मोरङ / वाम गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा मन्त्री को-को बन्छन् भन्ने चर्चा र कौतुहलता बढ्दै गइरहेको छ । यही चर्चाका बीच मन्त्रीका लागि अहिले थुप्रै अनुहार देखा पर्न थालेका छन् । सरकार गठनको मिति नजिकिएसंगै माओवादी र एमाले शीर्ष नेताका घरमा पद पाउने आशामा नेता कार्यकर्ताको भीड बढ्दै गएको छ । संविधानले केन्द्रमा मन्त्री र राज्यन्त्री गरी २५ बन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेकाले अहिले वाम गठबन्धनमा सबैको चित्त बुझाउन अलि सकस भएको छ । तर पनि पार्टीभित्र कसलाई मन्त्री बनाउने बारेमा छलफल भइरहेको छ  । त्यसको सुचि पनि बन्दैछ । स्रोतका अनुसार एमालेबाट मन्त्री बन्ने सूचिमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भानुभक्त ढकालको नाम अग्र स्थानमा रहेको छ । तर यो अन्तिम सूचि नभए पनि यस पटक ढकाल मन्त्री बन्ने सम्भावना एक दमै धेरै छ । एमालेको प्रमुख सचेतकको रुपमा समेत काम गरिसकेका ढकालले प्रतिनिधिसभाको निर्वाचनमा मोङमा कांग्रेसका डा. सुनिल कुमार शर्मालाई पराजित गरेका थिए ।पाटीमा राम्राे पँहुच भएका ढकाल मन्त्रि हुने हल्लाले मोरङका जनता उत्साही भएका छन् ।