धरान / शनिवार पक्राउ गरेका नेपाल तरुण दलका सुनसरी उपाध्यक्ष सन्तोष विश्वकर्मा आईतबार छुटेका छन् । पक्राउ परेको २४ घण्टा नवित्दै उनी छुटेका छन् ।
धरान–१३ मा केही दिन अघि भएको एक घट्नामा मिल्नका लागि दवाव दिएको उजुरीको आधारमा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।
राजनीतिक दलको आडमा विभिन्न व्यक्तिलाई धम्काउने, पैसा असुली गर्नेलगायतका आरोप लाग्दै आएको छ । उनी यस अघि विभिन्न विभिन्न घट्नामा पक्राउ परेका थिए । विश्वकर्मालाई सादा तारिकमा छाडिएको डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
प्रदेश नं. १ प्रहरीले प्रदेशका ‘गुण्डा’हरुको बर्गिकरण सूचि सार्वजनिक गरे पछि उनी तनावमा थिए । केही निकट व्यक्तिहरुलाई फोन गरेर उनले बुझ्ने काम समेत गरेका थिए ।
प्रदेश प्रहरीको सूचीमा उनको पनि नाम रहेको श्रोतले बताएको छ । प्रदेश प्रहरीले राजनीतिक आडमा अपराध गर्नेलाई ‘क’ वर्ग स्थानीय नेताहरुको हाडमा अपराध गर्ने ‘ख’ वर्ग र वाहुवलको आधारमा आफै अपराध गर्ने लाई ‘ग’ वर्गमा बर्गिकरण गरि उनीहरुको तीन पुस्ते संकलन शुरु गरेको बताएको छ ।