मधेशका नदीनालामा बर्षाको पानीले जलमग्न छन् र कुनै बेला पानीको बहाव दायाँबायाँ मोडिन सक्छ । यसबाट जनधनको क्षति हुने निश्चित प्रायः छ । विपद्को बेला कसरी बाँच्ने भनेर चेतनामूलक कार्यक्रम गर्न बजेट खर्चिएको त छ तर राम्रो सदुपयोग नभएको अवस्था छ ।
नदी, नहरको जीर्णोद्वार गर्न करोर्डौ रकम खर्चिए पनि बर्षायाममा समस्या उस्तै हुनु नेपालीहरुको लागि विडम्बना हो र सप्तरीका कतिपय गाउँ डुवानमा परेका छन् । गोवरगडा गाउँ टापु बनेको अवस्था छ र यि समस्या सुल्झाउन सरकारले प्रभावकारी काम नगर्नु किमार्थ राम्रो मान्न सकिदैन् ।
पहिले पो सरकार काठमाण्डौंमा मात्र थियो । गाउँको समस्या देख्दैन थियो । अहिले त प्रदेश सरकार छ र गाउँगाउँमा जनप्रतिनीधिहरु छन् । गाउँमै सरकार हुदासमेत बाढीपीडितहरु सधै पीडामा बस्नु पर्ने अवस्था आउनु राम्रो मान्न सकिदैन् ।
प्रदेश सरकार तथा स्थानीय जनप्रतिनिधीहरुले गाउँका समस्याबारे गम्भीर हुनु पर्दछ । बाढी पीडितहरुलाई उचित बसोवास तथा 
राहतको व्यवस्था तत्काल मिलाउनु पर्दछ र गाउँगाउँमा सिंह दरवार छ भन्ने कुरा जनतालाई महसुस गराउनु पर्दछ ।