इटहरी  / प्रतिनिधिसभाका लागि ताप्लेजुडवाट विजयी एमाले सचिव योगेश भट्टराईले पाँच हजार जनालाई पाथीभरा दुत वनाउने वताएका छन् । ताप्लेजुड सुनसरी सरोकार समिति इटहरीले गरेको वधाई तथा सम्मान कार्यक्रममा वोल्दै नेता भट्टरार्ईले त्यसो भनेका हुन । उनले प्रशिद्ध तीर्थस्थल पाथीभरामा वर्षमा १० लाख भक्तजन पुरयाउने अभियान सफल वनाउन पाँच हजार जनालाई पाथीभरा दुत वनाइने वताए । उनले देश विदेशका विभिन्न ठाँउमा वसोवास गरेका १ ताप्लेजुडेले वर्षमा कम्तिमा २० जनालाई पाथीभरा पठाउन आग्रह गरे । नेता भट्टरार्ईले  पाथीभरा सम्म पुग्ने केवलकार निर्माण गरिने योजना सुनाए ।  इटहरीमा पार्टीको प्रदेश कार्यालय राखिनुको साँकेतिक अर्थ
एमाले सचिव नेता भट्टरार्ईले पार्टीको प्रदेश कार्यालय इटहरीमा राखिनुले पनि प्रदेशको राजधानी कहाँ वनाउने भन्ने संकेत गर्ने वताए । उनले प्रदेशको राजधानी वन्नकालागि इटहरी उपयुक्त हुने संकेत गरे । प्रदेसको राजधानीका विषयमा पार्टी भित्र बहस गरी विराटनगर धनकुटा करिडोरलाई नै राजधानी वनाउन सकिने वताए ।
काँग्रेसलाई नआत्तिन सुझाव
नेता नेता भट्टरार्ईले काग्रेसलाई नआत्तिकन जिम्मेवार प्रतिपक्ष वन्न सुझाव दिएका छन् । लोकतन्त्रमा वलियो प्रतिपक्षको आवश्यकता हुने भएकाले सत्ता पक्षलाई लगाम लगाउने कार्यमा जिम्मेवार ढँगले अघि वढन उनले काग्रेसलाई सुझाव दिए  । त्यो भूमिका सँमयता र धैर्यताका साथ पूरा गर्न उनको आग्रह छ । जनादेश वमोजिमको सरकार निर्माणका लागि काँग्रेसले सहयोग गनुपर्ने उनको भनाई छ । उनले काग्रेसलाई संविधानको गलत ब्याख्या नगर्न आग्रह गरेका छन् । कांग्रेसले अनेकखाले बखेडा झिकेर संविधानको गलत ब्याख्या गरी सत्ता लम्ब्याउने प्रयास गरे पनि अब एक महिना पनि थेग्न नसक्ने वताए । सम्मान कार्यक्रममा ताप्लेजुड सुनसरी सरोकार समाज इटहरीका अध्यक्ष याम सुव्वा,सल्लाहकार लेखनाथ घिमिरे र  लिलाराज भटटराईलगायतलेसमेत बधाई ज्ञापन गरे ।