धरान / धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमारी चेक गराउन पूर्जा काट्न बसेका सेवाग्राहीलाई पूर्जा काट्न नदिए पछि तनाव भएको छ ।
डा.गोविन्द केशीको अनसनको समर्थन गर्दै आएका चिकित्सकहरुले लाममा बसेका विमारीको पूर्जा काट्न अवरोध गरे पछि प्रतिष्ठान अगाडी अनसनमा बसेका चिकित्सकहरुमाथि जाई लागेका थिए ।
८ बजेको समयमा लाईन लागेर ओपिडीमा जाँच गराउन पूर्जा काट्न नपाए पछि चिकित्सकहरुको सत्याग्रह आन्दोलन विथोलिएको थियो ।स्थिति तनावग्रस्थ भए पछि इलाका प्रहरी कार्यालयबाट प्रहरी बोलाएर भीडलाई नियन्त्रण गरिएको थियो । करिव ५ सयको संख्यामा रहेका विमारीहरुले आफुले विमारी जाच गराउन पाउने पर्ने अडान राखे पछि जुनियर रेसिडेन्टल वेलफेयर सोसाईटी र नेपाल चिकित्सक संघ धरानको नेतृत्वमा भएको आन्दोलनको स्वरुप फेरी सरकारलाई असहयोग गर्ने तर विमारीहरुलाई उपचार गर्ने सहमति भएको छ ।
आएका विमारीहरुले दुख नपाउन भनेर पूर्जा नकाटी प्रतिष्ठान बाहिरै विमारीहरुको उपचार गरेका छन् । विभिन्न विभागहरु त्यार गरि सबै विमारीहरु उपचार बाहिरै गर्ने व्यवस्था गरिएको प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोर्नी विशेषज्ञ डा. रोशन कलवारले बताए । ‘चिकित्सहरुले केशीको आन्दोलनलाई पनि सहयोग गर्ने र विमारीको उपचार पनि नरोक्ने हिसवाले काम गरेको उनले बताए ।
वेलफेयर सोसाईटीका अध्यक्ष डा. जीवनाथ धमलाका अनुसार प्रतिष्ठान प्रशासनलाई असहयोग गर्ने गरि पूर्जा विना सबै विमारीहरुलाई उपचार गरिएको बताए । दैनिक २ हजार विमारीहरुले पूर्जा काट्दै आएका थिए । बुधबार पनि ५ सय भन्दा विमारीहरु आएका थिए । पूर्जा नकाटी उपचार गर्दा पूर्जाबाट आउने ५५ हजार र विभिन्न ल्याभ, एक्स रेलगायतको टेष्टबाट आउने करिव ५ लाख रुपैया क्षति हुने प्रतिष्ठान प्रशासनले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत सागर ताम्राकारका अनुसार मंगलबार ८ लाख ६२ हजारको ल्याव टेष्ट भएको थियो रेडियोलोजीबाट ३ लाख आम्दानी प्रतिष्ठानलाई भएको थियो । बुधबार सबै सेवा नहुदा ५/६ लाखको नोक्सान भएको ताम्राकारले बताए ।
केही दिन अघिदेखि प्रतिष्ठानमा आन्दोलन भए पनि सोमबारदेखि ओपिडी संचालन गर्ने निर्णय भएको थियो । मंगलबार ओपिडी सेवा सुचारु भए पछि बुधबार विहान ७ बजेनै ओपिडीमा कार्ड लिनेको भीड लागेको थियो । तर पूर्जा बनाउने स्थान ८ बजे पछि नखुले पछि लामो समयदेखि लाममा बसेका विमारीहरुले नारावाजी गर्दै चिकित्सकहरुको आन्दोलन विथोलेका थिए ।

37795879_10215345586146257_6157678029406470144_n