धरान वास्केटवल संघको आयोजना तथा जिल्ला बास्केटवल संघको सहयोगमा आयोजित दोस्रो समर बास्केटवल प्रशिक्षण क्याम्पलाई वेर्सटाइनर वियरले बास्केटवल खेलका सामग्री सहयोग गरेको छ ।
सहयोग सामाग्री ग्रीन स्टार ग्रुप अफ कम्पनिका म्यानेजिङ्ग डाइरेक्टर तथा वेर्सटाइनर वियरका कोशी अञ्चल वितरक सम्राट श्रेष्ठले आयोजकलाई हस्तान्तरण गरेका छन् । दश हजार रकम वरावरको दश थान बास्केटवल र नेट सहयोग स्वरुप प्राप्त भएको धरान बास्केटवल संघका अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले वताए ।
धरान उपामहानगरपलिकाको संयोजनमा संचालित समर बास्केटवल क्याम्पमा धरान भरिका १८ वटा विद्यालयका एक सय भन्दा वढि विद्यार्थीले प्रशिक्षण लिइरहेका छन् । धरान १८ स्थित डिपो स्कुलमा संचालन भइरहेको प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षकको रुपमा विकास चाम्लिङ राई रहेका छन । उनलाई पूर्वाञ्चल बास्केटवल टिमका क्याप्टेन हेमन्त राई, पूर्वाञ्चल महिला बास्केटवल टिम क्याप्टेन आशा राई, चिरञ्जिवी गिरी, रोसन राई, उज्वल राई र विराज लिम्वुले प्रशिक्षणमा सहयोग गरिहेका छन ।