धरान / वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको नियुक्तिसंग जोडेर तत्कालिन सहकुलपति तथा स्वास्थ्यमन्त्रीप्रति लक्षित गरी संचार माध्यम र सामाजिक संजालमा आएका टिप्पणीबारे गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
बुधबार प्रतिष्ठानका प्रबक्ता डा. पशुपति चौधरी र सहप्रबक्ता डा. अशोक ऐरले संयुक्त विज्ञप्ति प्रतिष्ठानलाई बद्नाम गर्न गरिएको त्यस किसिमको कार्यको निन्दा गरेका छन् ।
विज्ञप्तिमा प्रतिष्ठानका उपकुलपतिमा प्राडा. राजकुमार रौनियार नियुक्ति भएसंगै गलत क्रियाकलापमा संलग्नतत्वहरुले आफ्नो स्वार्थ पूरा नभएपछि अनेक आरोप र लाञ्छना लगाउदै यो संस्थालाई विवादमा तान्न खोजेको भनिएको छ ।
केही दिन अघि झापास्थित वि एण्ड वि अस्पताल तथा मेडिकल कलेजका संचालक दर्गा प्रसाईले रिर्पोटर क्लव काठमाण्डौमा पत्रकार सम्मेलन गरि तत्कालिन स्वास्थ्य मन्त्रि गगन थापासँगको मिलेमतोमा १४ करोड खर्च गरेर प्राडा रौनियार उपकुलपति बनेको भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको प्रतिष्ठानले खण्डन गरेको हो ।
प्रतिष्ठानलाई चिकित्सा शिक्षा विश्वविद्यालय बनाउने सोंच स्थापनाकालदेखि नै रहिआएको उल्लेख गर्दे प्रतिष्ठानको मिति २०७१÷५÷३० को संचालक परिषद्को ३६औं सभाको निर्णय रहेको स्पष्ट पारिउको छ । शुरु देखि नै प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै आइरहेको बताइएको छ । प्रतिष्ठानलाई विश्व विद्यालय बन्न नदिन खेल भईरहेको बताउदै सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
साथै लामो समयदेखी प्रतिष्ठानको संचालक परिषदको बैठक बस्न नसकेकोमगत असार १८ गते प्रतिष्ठानको ४१ औं संचालक परिषदको बैठक सफलतापुर्वक भएको बताइएको छ । सम्माननीय प्रधानमन्त्रीतथा प्रतिष्ठानका कुलपती के.पी. शर्मा ओली, प्रतिष्ठानका सहकुलपती एंव उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव,प्रतिष्ठानका पदाधिकारीहरु, सभाका सम्पुर्ण सदस्यहरु, विज्ञहरुको सहभागीतामा बैठक सम्पनन भएको बताइएको छ । बैठकले प्रतिष्ठानमा अवरोध भएका भौतिक संरचना निर्माणलगायतका विषयमा सुचारु गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।