धरान / बाँस्केटवल संघको आयोजनामा दोश्रो समर बाँस्केटवल ट्रेनिङ्ग क्याम्प २०७५ गर्ने भएको छ । आगामी गर्मी विदामा बाँस्केटवल ट्रेनिङ्ग क्याम्प संचालन हुने शुक्रवार आयाजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रशिक्षण क्याम्प श्रावण पहिलो हप्तादेखि करिव एक महिनासम्म संचालन हुने छ । गत सालदेखि विद्यार्थी भाइवहिनीहरुको गर्मी विदाको सदुपयोग गर्ने सोचले समर बाँस्केटवल टे्रनिङ्ग क्याम्प संचालन गर्दै आइरहेको धरान बास्केटवल संघका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले बताए ।
विद्यालयस्तरवाट नै खेलाडी उत्पादन तथा बाँस्केटवल खेल विकासको लागि यस खालको ट्रेनिङ्ग क्याम्प महत्वपुर्ण हुने लामाको भनाइ छ । बाँस्केटवल संघको उद्धेश्य अनुशासित, शिक्षित, र स्वस्थ्य बाँस्केटवल खेलाडी उत्पादन तथा विकास गर्दै अहिलेको समृद्ध नेपाल निमार्णको लागि समाजमा दक्ष युवा जनशक्ति उत्पादन गर्नु रहेको पनि ट्रेनिङ क्याम्पका संयोजक तथा पुर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । यस खालको क्याम्पले प्रशिक्षार्थी खेलाडीहरुको अहिले देखि नै क्षमता र ट्यालेन्ट पहिचान गरि भोलिको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदी वताउछन ।
दुई महिना अघि संघले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्पको पनि सम्पन्न गरेको थियो । ६ वर्ष अघि देखि सुरु गरिएको ट्यालेन्ट हन्टका उत्कृष्ट विद्याथीलाई धरानका विभिन्न उच्चमाविमा संघले पहल गर्दै छात्रवृतीको व्यवस्था गर्दै आइरहेको छ । धरान १८ स्थित डिपो स्कुलमा संचालन हुने ट्रेनिङ्ग क्याम्पमा मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, र सहयोगि प्रशिक्षकहरुमा पूर्वाञ्चल खेलाडिहरु हेमन राई, विवेक श्रेष्ठ, चिरञ्जिवि गिरी, आशा राई, रोशन राई, युगल लिम्वु, विराज लिम्वु लगायत रहनेछ ।