फत्तेपुर / सप्तरीको भारदह स्थित प्रशिद्ध शक्तिपिठ कंकालिनी मन्दिरलाई पर्यटकिय गन्तब्य बनाउन मन्दिरको भौतिक विकास संगै प्रचार प्रसार गर्नुपर्नेमा जोड दिईएको छ । सलहेश क्षेत्र पर्यटन प्रर्वधन विकास समितिले हिजो भारदहमा आयोजना गरेको र्वतमान अवस्थामा कंकालिनि भगवती मन्दिरको पर्यटन प्रर्वधन सम्वीन्ध अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

आन्तरिक र ब्राह्य पर्यटक भित्रयाउन मन्दिर परिसरमा पोखरी,ताल,पिकनिक स्पट,चिरियाघरको निर्माण संगै वन र वगैचा लगाउनु पर्नेमा समेत उनिहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ठ पार्टीका प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले प्रदेश न.२ लाई सम्वृद्ध बनाउन पर्यटन प्रर्वधनमा जोड दिनुपर्ने बताए । पर्यटन प्रर्वधनका लागि जनस्तरवाट अभियानको थालनी हुनुपर्ने समेत उनले बताए ।

कंकालिनि मन्दिरको विकासका लागि मन्दिर,कोसी टफ्पु वन्यजन्तु आरक्ष र सप्तकोसीलाई एकिकृत पर्यटन प्रर्वधन केन्द्रको रुपमा विकसित गर्नुपर्नेमा जोड दिदै न्योपानेले सप्तरीमा धार्मिक र प्राकिृतिक दुवै पर्यटनको सम्भावना रहेकाले सोका लागि विस्तृत अध्यन प्रतिवेदन तयार पार्न सुझाव दिए ।
सलहेश क्षेत्र पर्यटन प्रर्वधन विकास समितिका अध्यक्ष मागैन कामैतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हनुमाननगर कंकालिनि नगरपालिका वडा नं १ का वडा अध्यक्ष भीमराज मण्डल,कंकालिनि मन्दिर विकास समितिका सचिव लक्षमण मण्डल,स्थानिय समाजसेवी सोभितलाल यादव,देवनाथ यादव,शैलेन्द्रचन्द्र झा, सलहेश क्षेत्र पर्यटन प्रर्वधन विकास समितिका सदस्यद्वय सागर चौधरी र ब्रजकिशोर मण्डल पत्रकार हेमशंकर सिंहलगायतले मन्दिरको बिकासका लागी सुझाव दिएका थिए ।