धरान / प्राथमिक विद्यालय अध्ययन गर्दै आएका विद्यार्थीहरुका लागि आयोजना गरिदै आएको चौधौं ललित–अम्बर डिपो कप बिहीबार देखि धरानमा सुरु भएको छ ।
धरानस्थित डिपो माविको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल डिपो मावि ‘ए’ ले इटहरीको विश्व आर्दशलाई ६–० गोलले हराएको छ । प्रतयिोगितामा सुनसरी भरीका १६ वटा टिमहरु सहभागी छन् । पहिलो खेलबाट पराजित भएका टिमहरुले दिलकुमार प्लेट च्याम्पियनको लागि भिडन्त गर्ने छन् । प्रतियोगिताको उदघाटन धरान–१८ का वडा अध्यक्ष प्रविण राईले गरे ।
प्रतियोगिताको फाइनल मंसिर १५ गते हुँदै छ । प्रतियोगिता विजेताले नगद १० हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने प्राचार्य राजकुमार राईले बताए । त्यस्तै प्लेट च्याम्पियनले नगद ३ हजार र रनरअपले २ हजार रुपैया प्राप्त गर्नेछ । खेलमा बेष्ट प्लेयर, म्यान अफ दि म्याच, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीले पनि ट्रफी र प्रमाण पत्र पाउने छन् ।