राजविराज / प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सोमबार आफ्नै गृह जिल्ला सप्तरीमा सञ्चारकर्मीहरुलगायतबाट बहिष्कृत भएका छन् ।
सबै तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि आयोगले राजविराजमाअ ायोजना गरेको राजनीतिक दल, नागरिक समाज तथा निर्वाचनमा सरोकार राख्ने व्यक्तिहरुसँग निर्वाचन कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका यादवको कार्यक्रम बहिष्कार भएको हो ।
कार्यक्रमको उद्देश्य बताए लगत्तै उद्देश्यअनुरुप प्रमुख राजनीतिक दल, सञ्चारकर्मी, मानव अधिकारकर्मी,नागरिक समाज,कानुन व्यवसायीहरुको अनुपस्थितीप्रति प्रमुखनिर्वाचनआयुक्त यादवलाई ध्यानाकर्षण गराउँदा उनी गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि सञ्चारकर्मीहरुले कार्यक्रम बहिष्कार गरेका हुन् ।सप्तरीवासी डा. यादवले उक्त कार्यक्रम जनकपुरबाट राजविराज ल्याएको भन्दै सबैलाई कार्यक्रममा बस्न आग्रह गरे । तर प्रमुख राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजलाई उपेक्षा गरेको भन्दै सञ्चारकर्मीहरुले कार्यक्रम बहिष्कार गरे ।
कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा), प्रमुखप्रतिपक्ष नेपाली काँगे्रस, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका जिल्ला नेताहरुको उपस्थिती रहेको छैन् ।
कार्यक्रममा भने काँग्रेसमा विलय भइसकेको फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, राजपामा विलय भइसकेको थरुहट तराई पार्टीका पूर्णप्रसादचौधरी, एमालेमा प्रवेश गरिसकेका आकाश यादव, माओवादीप्रवेश गरी प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका सकिल अलीलगायतको उपस्थिती रहेपनि मुख्य राजनीतिक दलका कोही उपस्थित छैनन् ।
उपस्थित भएकाहरुले निर्वाचन कार्यालयले व्यक्तिगत फोन गरेर बोलाएकोले चुनाव सम्बन्धी छलफल भन्ने लागेर सहभागी हुन आएको तर पार्टी प्रतिनिधित्वको हिसाबले बोलाएको कुरा कार्यक्रममा आए पछि मात्र थाहा पाए पछि अप्ठ्यारो परेको सकिल अलीले बताए ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बिलय भइसकेको र अस्तित्वमै नरहेको राजनीतिक दलको प्रतिनिधित्व थाहा पाएपछि कार्यक्रममा जानुको औचित्य नरहेका ेभन्दै कार्यक्रममा अनुपस्थित रहेको बताए ।