इटहरी / दुई साता अघि पक्राउ परेका नेपाली काग्रेसका महासमिती सदस्य तथा तरुण दलका सुनसरी सभापती सिजन गुरुङ शुक्रबार रिहा भएका छन् ।
आज प्रदेश नं. १ को सभामा प्रधानमन्त्रि केपी ओलीले सम्बोधन गर्ने कायृक्रम तय भएको र उक्त सम्बोधनलाई प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले विरोध गर्ने जनाउ दिए पछि गुरुङलाई धरौटीमा रिहाई गरेको हो ।
काङग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रधानमन्त्रीले संबोधन गर्ने बैठक अवरोध गर्ने तयारी भएको बताएका थिए । प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रतिपक्षले संसदमा उठेर विरोध जनाउने भनेका थिए । तर गुरुङलाई छाडे पछि यस्तो कार्यक्रम काङ्ग्रेसले नगर्ने बताईइकाे छ ।

गुण्डागर्दीको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत गुरुङलाई मुद्धा चलाइएको थियो । उनी धरौटीमा रिहा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए । तरहराकी दुर्गामाया गिरीको जग्गा र त्यसमा बनेको घरको भाडा उठाएर खाएको आरोप उनीमाथि लागेको थियो ।