विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेशसभा १ मा संबोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका थिए । त्यसको सम्पूर्ण तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ । ओलीले आज ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् ।

आचरण अनुगमन समिति गठन

प्रदेश १ को प्रदेश सभाले पाँच सदस्य आचरण अनुगमन समिति गठन गरेको छ । प्रदेश सभा सदस्यहरुको आचार र नैतिकवान बनाउन सभामुख प्रदीपकुमार भण्डारीको संयोजकत्वमा आचारण अनुगमन समिति गठन भएको संसद सचिवालयले जनाएको छ ।

समितिको सहसंयोजकमा उपसभामुख सरस्वती पोखरेल, सदस्य सचिवमा प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरु छन् ।

सदस्यहरुमा प्रदेशसभा सदस्य शेखरचन्द्र थापा, इन्द्रमणि पराजुली, राधा थापा नारायण मगर, र तुलसी न्यौपाने छन् । समितिले सबै प्रदेश सभा सदस्यहरुले आचारण पालना भए नभएको अनुगमन गरेर स्पष्टिकरण सोध्ने, नसियत दिने र नियामवाली अनुसार थप कारबाही गर्ने छ ।
सार्वजनिक नैतिकता अनुकुलको आचारण व्यवहार हुनुपर्ने, समयमा सभामा भाग लिनुपर्ने र मताधिकारको प्रयोग गर्नुपर्ने सभामा फिक्सिङ गर्न नहुने र व्यक्तिगत स्वार्थबाट मुक्त्त हुनुपर्ने र गोपनीयता कायम राख्नुपर्ने लगायतका आचरण सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यका लागि नियमवाल िबनाएर लागु गरिएको छ ।