धरान / पूर्व पर्यटनमन्त्री आचार्यले ५ हजार १ सय ९० मत ल्याएका छन् । उनको प्रतिस्पर्धी कांग्रेसका बुद्धि कटुवालले २ हजार २ सय ७० मत ल्याएका छन् । प्रतिस्पर्धीलाई आचार्यले २ हजार ९ सय २० मतान्तरले पछाडी पारेका छन् ।

मतगणनाको संख्या बढ्दै गर्दा आचार्यले मतान्तर पनि बढाउँदै लगेका छन् । सुनसरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचनको मत गणना जारी छ । आचार्यको निर्वाचन क्षेत्रमा निक्कै ढिला गरी मतगणना शुरु भएको थियो ।

कांग्रेस नेता बिजयकुमार गच्छदार साख जोगाउन संघर्ष गरिरहेका छन् । सुनसरी ३ को प्रतिनिधिसभा उम्मेदवार गच्छदार एमालेको भगवती चौधरीभन्दा १ हजार ५ सय १७ मतले पछाडी छन् । चौधरीको १८ हजार ८ सय र गच्छदारको १७ हजार २ सय ८३ मत आएको छ ।

एमाले सचिव भीम आचार्यले प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा दाबी गर्दै आएका छन् । त्यसैले उनले यसपटक सुनसरी १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन लडेका छन् ।