धरान / देशभर रहेका यातायात मजदुरका एक सय जना छोराछोरीले निःशुल्क उच्च शिक्षा दिनका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरको छोरी छोरीको अभिभावकत्व ग्रहण गर्ने भएको छ । पहिलो चरणमा एक सय जना मजदुरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा प्राप्त वातावरण वनाउन धरानबाट अभियान शुरु गरिएको छ ।
अभियान अन्र्तगत धरानबाट एक कार्यक्रम गरि धरानका मजदुर स्वर्गीय पेमा तामाङ (कालु) को छोरी रिजा तामाङलाई संगठनले अभिभावकत्व ग्रहण गरी धरान ४ स्थित युरेका आवसीय माविमा निःशुल्क उच्च शिक्षाको लागि निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको संगठनका धरान शाखा अध्यक्ष कमल भट्टराईले जानकारी दिए । विद्यालयका प्रिन्सिपलसँग समन्वय गरी एक वर्षको ४५ हजार बरावरको शुल्कलाई निःशुल्क गरेको हो । रिजा तामाङको पिता पेमाको वैदेशिक रोजगारको सिलशिलामा २०७३ साल वैशाख २१ गते मृत्यु भएको थियो ।
गरिव विपन्न मजदुर वर्गका छोरा छोरी उच्च शिक्षा लिनबाट वन्चित हुन नपरोस भनेर यस्तो अभियान थालिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले बताए । उनले भने, ‘अभियानको आजदेखि औपचारिक रुपमा शुरुवात धरानबाट गरेका हौं , केन्द्रिय संगठनले देशैभरी अभियानको रुपमा मजदुरको छोरोछोरी निशुल्क उच्च शिक्षा अध्ययन गराउनको लागि अभिभावकत्व ग्रहण गर्नेछ ।’ देशभर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको २ सय ९७ वटा कमिटीहरु छन् । सवै कमिटी मार्फत देश व्यापी अभियानको शुरुवात गरेको केन्द्रय अध्यक्ष ज्वाला राईको भनाई छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानरगको कार्यालयमा आयोजित विशेष कार्यक्रममा संगठनको कर्मचारीको लागि युनिफर्मको टिसर्ट समेत सार्वजनिक गरिएको छ । संगठनको लोगो अंकित नीलो रंगको टिसर्ट पनि सार्वजनिक गरिएको छ । टिसर्ट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पुर्व अध्यक्ष मोतीराज सुनुवार, वर्तमान अध्यक्ष भीम राई ज्वाला , इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले संयतm रुपमा सार्वजनिक गरेका हुन । मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईका अनुसार मजदुर कर्मचारीहरुले अव अनिवार्य रुपमा टिसर्ट लगाएर काम गर्ने भएका छन् । कार्यस्थलमा मजदुरहरुले अनिवार्य ड्रेसमा खटाउने गरि संगठनले ड्रेस लागु गर्ने भएको छ ।

तस्वीर: विकाश राई