धरान / प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमबाट दुई जना मन्त्री थपिएका छन् । फोरमका अध्यक्ष उपेन्द्र यादव जनसंख्या तथा स्वास्थ्य र मोहमोद इस्तियाक राई शहरी विकास मन्त्री हुने भएका छन् । राष्ट्रपति निवासमा आजै मन्त्रीले सपथ लिदैछन् ।
जेठ १४ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा सरकार र फोरमबीच दुई बुँदे सहमति भएको थियो । दुईबुँदे सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए । सरकारमा कस्लाई पठाउने भन्ने विषयमा फोरममा चर्को विवाद भएको थियो ।