• सुनसरी १ र ३ मा वामगठबन्धनको अग्रता, २ र ४ मा काङग्रेसको अग्रता कायमै

धरान / प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ एमालेका जयकुमार राई १५ हजार ४० ल्याउदा संघीय फोरमका बरिष्ठ नेता अशोक राईले ७ हजार २४६ मतले पछि परेका छन् । जयकुमार राई ७ हजार ७९३ मतले अगाडी रहेका छन् । सुनसरी १ क मा एमालेका प्रदिप भण्डारी १२ हजार ३८० रहेको छ । काङग्रेसका किशोर राईले ८ हजार ९०१ मात्र ल्याएका छन् । एमाले सचिव भीम आर्यायको क्षेत्र ख को भने गणना सुरु भएको छ्रैन ।

गच्छदारलाई विरासत जोगाउन चिन्ता

उपप्रधान मन्त्रि तथा भौतिक योजनामन्त्रीसमेत रहेका सुनसरी क्षेत्र नम्बर ३ का नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदारलाई आफ्नो विरासत जोगाउन हम्मे परेको छ । एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले मतान्तरण बढाउदै लगे पछि उनलाई विरासत जोगाउन समस्या भएको हो ।
गच्छदारले ६ हजार ५२९ मत ल्याउँदा भगवतीले ८ हजार ५९८ मत प्राप्त गरेकी छन् । गच्छदार अहिले भगवतीलाई पछ्याइरहेका छन् । गच्छदार २०४८ सालयता अहिलेसम्म पनि पराजित बनेका छैनन् । २०५१, ०५६ मा मात्रै हैन, २०६४ सालको पहिलो संविधान सभाबाट पनि कांग्रेसबाट भारी मतले विजयी बनेका थिए । २०७० को संविधान सभा निर्वाचनमा भगवतीसँग ३६२ मतले मात्र जितेका थिए ।
तर, यो पटक भने गच्छेदारलाई भगवतले ड्रयासिग दिइरहेकी छन् ।
प्रदेशसभा कमा एमालेका निलम बस्नेतको ३ हजार २९६ रहेको छ । काङग्रेसका किशोरजंग थापाले २ हजार ९६१ मत रहेको छ ।
अर्थ मन्त्रिको अग्रता
यता देशभर काग्रेस पछि परिरहेको बेला सुनसरी क्षेत्र नं. २ र ४ मा भने नेपाली काग्रेसले अग्रता लिएको छ । नेपालीकाङग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मे्द्वार सिताराम मेहता १० हजार ५७७ ल्याएका छन् । वाम गठबन्धनबाट माओवादीकेन्द्रका डम्मरु सुवेदीले ९ हजार ३४६ मत ल्याएका छन् ।
सुनसरी २ प्रदेश सभा क मा कांग्रेसका हेमकर्ण पौडेलको २ हजार २६२ रहेको छ । एमालेका सर्वध्वज साँवाको २ हजार ७३० रहेको छ । प्रदेश सभामा भने एमालेको झिनो अग्रता रहेको छ ।
क्षेत्र नम्बर ४ मा अर्थ मन्त्रि तथा नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११ हजार ९४ मत पु¥याएका छन् । एमालेका रमेश श्रेष्ठ ९ हजार २३० मत रहेको छ । कार्कीले १८६४ ले अग्रता कायम गरेका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर ४ क एमालेका जगदिश कुसियत ९ हजार १४६ रहेको छ । काङग्रेसका रेवतीरमण दुलाल ८ हजार ३३३ ल्याएका छन् ।