विराटनगर / १ नम्बर प्रदेशको दोश्रो अधिवेशन बिहिबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका थिए ।
यो अधिबेशनले आगामी आर्थिक बर्ष २०७५–०७६ को निति तथा कार्यक्रम ल्याउने छ ।

आजको बैठकमा बजेट माथि छलफल हुनेछ भने बजेट बाहेक प्रदेश सरकारलाई आबश्यक पर्ने बिधेयकहरुमा छलफल भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
अधिबेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने छ । प्रदेश सभाको पछिल्लो अधिबेशनले प्रदेश सभा नियमावली सहित १२ वटा बिधेयक पारित गरेको छ ।