धरान / सुनसरीको धरानमा तीन दिने प्रभावकारी उद्घोषणकला तालिम सोमबारदेखि शुरु भएको छ । धरान १० स्थित यलम्बर स्मृति संग्रालय भवनको किराँत राई यायोख्खाको सभाहलमा सो तालिम शुरु भएको हो । किरात राई यायोख्खा धरान उपमहानगरपालिका कार्य समितीको आयोजना र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा ३ दिने प्रभावकारी उद्घोषण कला तालिम भैरहेको छ । तालिममा धरानभरीका किरात राई यायोख्खा अन्तर्गत प्रारम्भिक कार्य समिती ( प्राकास ) का ४२ जनाको सहभागिता रहेको किराया जिल्ला कार्य समिती सुनसरीका सदस्य उपेन्द्र चाम्लिङले जानकारी दिए । तालिमको सहजीकरण दोर्पध्वज राईले गरिरहेका छन् । सोमबारदेखि शुरु भएको तालिमको उद्घाटन किरात राई यायोख्खा जिल्ला कार्य समितीका सह सचिव एवं कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र राईले गरेका हुन । कार्यक्रमको अध्यक्षता लोकेन्द्र राईले गरे भने स्वागत मन्तव्य समितीका उपाध्यक्ष सन्तोष राईले गरेका थिए । सन्चालन नगर सचिव मविन राईले गरे भने तालिम वुधबार समापन गरिने आयोजक समितीले जनाएको छ । तस्विरः  उपेन्द्र चाम्लिङ