धरान / उपप्रधान मन्त्रि तथा भौतिक योजनामन्त्रीसमेत रहेका सुनसरी क्षेत्र नम्बर ३ का हेवीवेट विजयकुमार गच्छदारलाई एमालेकी भगवति चौधरीले २ हजार ६७ मतले पछि पारेकी छन् ।
गच्छदारले ६ हजार ५२१ मत ल्याउँदा भगवतीले ८ हजार ५८८ मत प्राप्त गरेकी छन् । गच्छदार अहिले भगवतिलाई पछ्याइरहेकी छन् । गच्छदार २०४८ सालयता अहिलेसम्म पनि पराजित बनेका छैनन् । २०५१, ०५६ मा मात्रै हैन, २०६४ सालको पहिलो संविधान सभाबाट पनि कांग्रेसबाट भारी मतले विजयी बनेका थिए ।
त्यति मात्रै हैन, उनले २०७० सालमा पनि लोकतान्त्रिकबाटै विजयी बनेका थिए । तर, यो पटक भने चौधरीलाई भगवतिले ड्रयासिग दिइरहेकी छन् ।
अर्थ मन्त्रिको अग्रता

यता देशभर काग्रेस  पछि परिरहेको बेला सुनसरी क्षेत्र नं. २ र ४ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।  प्रतिनिधि सभा सदस्यका उम्म्द्वार सिताराम मेहता ९नेपाली कांग्रेस० ४८५९ डम्मरु सुवेदी ९माओवादी केन्द्र० ३९९६ मत प्राप्त गरेका छन् । सुनसरी २ क मा २७०० गन्दा कांग्रेस  हेम कर्ण पौडेलको ११४६ रहेको छ ।  एमाले को सर्वध्वज साँवाको १३५१ रहेको छ ।

क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्रबहादुर कार्की ९नेपाली कांग्रेस० ८६५६ रमेश श्रेष्ठ ९नेकपा एमाले० ६४९७ प्राप्त गरेका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर ४ क जगदिश कुसियत ९नेकपा एमाले० ६७८० रेवतीरमण दुलाल ९नेपाली कांग्रेस० ५३३१ ल्याएका छन् ।
सुनसरी १ मा एमाले अगाडी
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ जयकुमार राई ९नेकपा एमाले० ९४२४ असोक राई ९फोरम नेपाल ४४८७ ल्याएका छन् । फोरमका बरिष्ठ नेता राई ४९३७ मतले पछाडी छन् ।
१ क प्रदिप भण्डारी ९नेकपा एमाले ७१९४ किशोर राई ९नेपाली कांग्रेस० ५५०९  ल्याएका छन् । एमाले सचिव भीम आर्यायको ख क्षेत्रको गणना सुरु भएको छ्रैन ।