धरान । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

 सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग 'विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकाे छ ।