काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रबीच हालै पार्टी एकता पछि राखेको नामा नेपाल कम्युनिष्ट पार्टी अर्काको नाम चोरे राखेको आरोप लागेको छ । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दलको नामसँग मिल्ने गरि नेकपा एमाले र माओवादी केन्द्रले एकीकरण गरेको पार्टीको नाम राखेको भन्दै विज्ञप्ति नै निकाले आपति जनाएको हो ।
ऋषिराम कट्टेलले विज्ञप्ति जारी गरेर ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्ने कुरा भ्रामक र गैह्र कानूनी रहेको उल्लखे गरेका छन् ।

कट्टेलले आफ्नो नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको बताए । साथै कट्टेल नेतृत्वको पार्टीसँग नाम जुधेपछि ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अन्डरलाइन गरी दर्ता गरिएको छ ।
यस्तो छ कट्टेलले जारी गरेको विज्ञप्तिः

 


प्रेस विज्ञप्ति
मितिः— ६ जेठ २०७५

विषयः भ्रामक र गैह्र कानुनी समाचार सम्प्रेषण वारे ।

हालै एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट गठन गरे र नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्ने भ्रामक र गैह्र कानुनी समाचार प्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ । नेपालको संचार जगतलाई तथ्य सथ्य समाचार सम्पे्रषण गर्न आग्रह गर्दै वास्तविकता योे प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

९१० नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचन देखि निर्वाचन आयोग मा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगको मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको छ ।

९२० यही ऐन को दफा ६मा दलदर्ताहुन नसक्ने बिभिन्न कारणहरु को उल्लेख गरेकोछ । दफा ६ को उपदफा ड मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्ह संग मिल्ने भएमा दलदर्ता हुन नसक्ने प्रष्ट व्यबस्था गरेको छ । त्यस कारण नेपाल को कानुन र संविधान अनुसार निर्वाचन आयोग मा अर्को नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनै सक्दैन ।

९३० यही ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको छ । सत्य तथ्य के हो निर्वाचन आयोगले छिटै सार्वजनिक जानकारी गराउने नै छ । ९३० यस्तो प्रष्ट कानुनी व्यबस्था हुदाहुदै सरकारमा रहेका दलहरुले नै यस्तो गैह्रकानुनी कृयाकलाप गर्नाले नेपालको संविधान ,कानुन र सिङ्गो संसदीय व्यबस्था लाई नाङ्गो पारेको छ र सत्तासिन दलहरुको अधिनायकवादी चरित्रको पर्दाफास गरेको छ ।

९४० प्रष्ट कुरै नवुझि वा जे भएको हो त्यही सम्म पनि नभनि सत्ताको दलाली गर्ने सैलीले नेपाली संचार माध्यमले भ्रामक र गैह्कानुनी समाचार सम्प्रेषण गर्नु दुखःद पक्ष हो । यसले संचार जगतको निक्ष्पक्षता ,विश्वसनियता र मर्यादामा गम्भिर आँच पुग्ने कुरा प्रष्टै छ ।

९४० नेपाल कम्युनिष्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडी वढाउन चाहन्छ । यदि सत्तासिनहरु असंवैधानिक एवं गैह्र कानुनी वाटो अवलम्वन गर्दछन भने नेपाल कम्युनिष्ट पार्टी त्यसको प्रतिरोध गर्नसक्षम रहेको कुरा पनि जानकारी गराउन चाहन्छौ ।

ऋषिराम कट्टेलद अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी