माेरङ / मोरङको ६ र ३ नम्बर निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ६ मा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पण्डितले काँग्रेसका डा. शेखर कोइरालाइ ६ सय ७५ मतले पछि पादैे प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार विहान घोषित मत परिणाम अनुसार एमालेका पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् । पण्डितका प्रतिद्धन्द्धी काँग्रेसका कोइराालले ३३ हजार २ सय ६६ मत ल्याएका थिए । ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले काँग्रेसका डा.सुनिल शर्मालाइ १ हजार ९ सय ७ मतले पछि पार्दै ढकाल प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । ढकालले ४२ हजार ४ सय १३ मत ल्याएका छन् । ढकालका प्रतिद्धन्द्धी काँग्रेसका शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।