धरान /  नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल सुनसरीले जिल्लाका अगुवा तरुण कार्यकर्ताहरुलाई लक्षित गरी एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दलको केन्द्रिय समितिको जेठ ५ गते सबै जिल्लामा, जेठ १२ गते देशै भरका सबै क्षेत्र, नगर र गाउंमा तथा जेठ १८ गते देशै भरका सबै वडाहरुमा एक साथ प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयानुसार सुनसरीको इटहरीमा पनि कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा वक्ताहरुले पाटीलाई वलियो बनाउन भातृ संस्थाहरु कुनै गुटउपगुटमा नलागी पाटी र अन्य भातृ संस्थाहरुसंग समन्वय गरेर संगठनको गतिविधिमा सकृय हुनुपर्नेमा जोड दिएका छन् । विचार र निष्ठाको राजनीति गर्दै देशको स्वाधिनता, अखण्डता, राष्ट्रियता र जनताको लोकतान्त्रिक अधिकारलाई संस्थागत र संरक्षण गर्ने तथा सामाजिक विकृति र विसंगतिको अन्त्य गरी समाज रुपान्तरण गर्ने र जनसेवाको कार्यमा तरुण दलले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, प्रतिनिधि सभाका सांसद सिताराम मेहता, जिल्ला सचिव केदार भण्डारी, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य राजिव ढुंगाना, २ नं. क्षेत्रीय सचिव रमेश पोखरेल, कार्यवाहक इटहरी नगर सभापति शिव दाहाल, नेविसंघका केन्द्रिय उपाध्यक्ष विकास केसी, जिल्ला सभापति मन्दिप भट्टराई, नेपाल महिला संघ सुनसरी सभापति विजया कटवाल, तरुण दल इटहरी उपसभापति विष्णु खत्री लगायतले मन्तव्य राखेका थिए । प्रशिक्षार्थीहरुलाई प्रशिक्षकद्धय दिलकुमार वन र विरेन्द्र शाहले प्रशिक्षण दिएका थिए ।