इनरुवा / प्रदेश नम्बर १ अन्तर्गतका अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेको समयमा सुनसरीको प्रतिनिधिसभा २ र ४ मा कांग्रेस उम्मेदवार सिताराम मेहता र सरकारका अर्थ मन्त्रि ज्ञानेनद्र कार्कीलेले अग्रता लिएका छन् । सुनसरीको ४ वटै क्षेत्रको मत गणना जारी रहेको छ । १ र ३ मा भने वाम गठबन्धनका एमाले उम्मेद्वारले अग्रता लिएका छन् । पहिल्लो मत परिणाम अनुसार सुनसरीको २ र४ नं. क्षेत्रमा नेपाली काङग्रेसले अग्रता लिएको छ । सुनसरी १ प्रतिनिधि सभा एमाले जयकुमार राईले अग्रता लिएका छन् । ३०५६ गन्दा उनले १६७३ मत प्राप्त गरेका छन् । संघीय फोरमका अशोक राई लोकतान्त्रिक गठबन्धनबाट ९६४ मत प्राप्त गरेका छन् । सुनसरी क्षेत्र नं. ४ प्रतिनिधीसभामा नेपाली काँग्रेसका ज्ञानेन्द्र कार्कीले २०८० मत प्राप्त गरेका छन् । बाम गठबन्धनका तर्फबाट एमालेका रमेश श्रेष्ठले १८२३ मत प्राप्त गरेका छन ्। तर ४ को क तर्फ बाम गठबन्धनका जगदीस कुसियतले अग्रता लिएका छन् । कुसियतले १७०८ र नेपाली काँग्रेसका रेवती दुलालले १५३३ मत प्राप्त गरेका छन् । मेहताले १ हजार १ सय ५० मत ल्याएका छन् । उनको प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर सुवेदीले ९ सय २४ मत ल्याएका छन् । सुनसरी ३ नं. क्षेत्र काग्रेसको गच्छेदार र एमालेकी भगवती चौधरकिो पछिल्लो परिणाम अनुसार भगवती चौधरीको १६४८ र विजय गच्छदारको ११९१ मत सार्वजनिक भएको छ । चौधरी ४५७ मतल् अगाडी छन् ।