भाेजपुर /भोजपुरको प्रदेश ‘ख’ मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार शेरधन राईले प्रतिद्धन्दीलाई ५ हजार ४ सय ३० मतले पछाडी पारेर अग्रता लिएका छन् । हालसम्म ११ हजार ९२ मत गणना भएको छ । र, राईले ८ हजार ३ सय २७ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी कांग्रेसका गोबिन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत ल्याएका छन् ।

 प्रदेश क मा बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्रकुमार राईले ३ हजार ९७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिद्धन्दी संघिय समाजवादी फोरमका अजम्बर राई काङमाङले १ हजार ८ सय ३८ मत ल्याएका छन् ।
 अहिलेसम्म ५ हजार ५ सय ५७ मत गणना भएको छ । एउटा मात्र प्रतिनिसभाको मतगणना जारी छ । १२ हजार ६८ मत गणना गरिसक्दा बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किरातीले ५ हजार ६ सय २४ मतका साथ अग्रता लिएका छन् ।
 कांग्रेसका उमेशजंग रायमाझीले ३ हजार ७ सय ५१ मत ल्याएका छन् । सदरमुकाम भोजपुर बजारस्थित जिल्ला अदालतको हलमा मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र दुई वटा प्रदेश सभाको एक-एक स्थानमा गरी कूल ३ स्थानमा मतगणना भइरहेको छ ।