धरान / धरान ६ स्थित सरस्वती माबिको कक्षा ३ मा १३ बर्षिय ममता रखाल मगरलाई धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले अध्ययन खर्च व्यहोर्ने भएका छन् । विहिबार बिद्यार्थी भर्ना अभियानमा सहभागि भएका मेयर सुब्बाले धरान ६ चौकी डाडामा आफन्तको घरमा बस्दै आएकी १३ बर्षिया ममतालाई कक्षा ३ मा भर्ना गरेका हुन् ।
अभिभावक्तव ग्रहण गर्दै मेयर सुब्बाले ममताका लागि आवश्यक पोसाक तथा पाढ्य सामाग्रि समेत उपलब्ध गराएका थिए । बिहिबार मात्र उक्त बिद्यालयमा १३ जना बिद्यार्थी भर्ना भएका छन् । अभिभावकत्व ग्रहण गरेपछि मेयर सुब्बाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र बिद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर पठनपाठनको ब्यबस्था मिलाउन प्रध्यानाध्यापकलाई निर्देशन पनि दिए ।