धरान / धरान उपमहानगरपालिका वडा नं. ७ का निवार्चित वडा अध्यक्ष भुपेन्द्रराज मोक्तान(भुवन)को मृत्यु भएको छ । नेकपा एमाले जिल्ला कमिटी सल्लाहाकार समेत रहेका मोत्तानको मुटु रोग, सुगर र प्रेसका विमारी थिए । उनको विराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचार भईरहेको थियो । 
सोमबार ब्रेन हेमरेज भएका कारण बिराटनगर नोबेलमा भर्ना गरिएको थियो । बुधबार अस्पतालले मृत्यु मृत घोषण गरेको थियो । मोत्तानको अन्तिम संस्कार भोली शुक्रबार गरिने भएको छ । मोत्तानका दाजु वंशी मोत्तान तथा एक छोरा समेत देशबाहिर भएकोले उनीहरु आएपछि मात्र अन्तिम संस्कार गरिने तथा पार्टीले पनि सोही दिन श्रद्धाञ्जली कार्यक्रम राख्ने एमाले धरान नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
मोक्तान विगत ६ महिनदेखि अस्पतालमा उपचाररत थिए । सुगर, प्रेसर तथा मुटु सम्बन्धि रोगबाट पीडित उनी पछिल्लो समय ब्रेन ह्यामरेज भइ उनको निधन भएको हो । मोक्तान पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक लडाईमा होमीएका थिए । उनी नेकपा एमालेमा रहेर धरान नगर उपसचिव, सुसनरी जिल्ला कमिटि सदस्य हुँदै हाल एमालेको जिल्ला सल्लाहकार रहेका थिए । उनी स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकाको वडा नं ७ मा निर्वाचित वडाध्यक्ष समेत हुन् । उनको परिवारमा एक श्रीमती, २ छोरा बुहारी तथा २ नाति नातिना रहेको परिवारले जनाएको छ ।
        
                    
        
        
        
        


        
        
        
        
        














