धरान / धरान – ११ दुर्गा चोकस्थित लिवर्टी रेसिडेन्सियल स्कुलको ‘लिवर्टी बाल क्लब’ ले पुतली लाइनस्थित दुर्गा चोक नजिकै जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । सामाजिक कार्य अन्तर्गत विद्यालय क्षेत्र पर्ने उक्त स्थानमा बढि दुर्घटनाको जोखिम भएकोेले जेब्रा क्रसिङ्ग निर्माण गरिएको क्लब का अध्यक्ष क्रिस्टिना राईले बताइन् । विद्यार्थीहरुलाई विद्यालय क्षेत्रमा आवतजावत गर्दा जेब्रा क्रसिङ्गको प्रयोग गर्नसमेत उनीहरुले सबैलाई आग्रह गरेका छन् ।
लिवर्टी बाल क्लबले गरेको उक्त कार्य अत्यन्तै सह्रानीय भएको स्थानिय उमा गुरुङ्गले बताइन् । यो काम स्थानिय सरकारको मुख नताकी विद्यार्थीहरुले गरेकोमा सबै विद्यार्थीहरुलाई उनले धन्यवाद समेत दिईन । केही दिन अगाडि लिवर्टी बाल क्लबद्वारा जेब्रा क्रसिङ्ग निर्माणको प्रस्ताब आए पछि स्कुलका संस्थापक प्रिन्सिपल तेजमान लिम्बुले जेव्रा बनाउन आवश्यक समाग्री जुटाएका हुन ।