धरान/ धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुरमा आईतबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ धरान घोपा र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एंव एनएमएसआरएको संयुक्त आयोजनामा संचालित शिविरबाट करिव एक हजार विमारीहरु लाभान्वित भएका छन् ।
धरानस्थित गुम्वा फार्मेसीले औषधी उपलब्द गराएको थियो । शिविरमा याङपाङ, ढोडे, मूर्तिढुङ्गा, लुगुवालगायतका स्थानबाट विमारीहरु शिविरमा सहभागी भएको महालक्ष्मी नपाका मेयर पर्शुराम नेपालले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, उपमेयर मञ्जु अधिकारी, विपी प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । इसिजी, अल्ट्रासाउण्डलगायतकको टेष्ट समेत गरिएको थियो । शिविरमा नाक कान घाटी, आँखा, दात, गाईनो, सर्जरी, अर्थोपेडिक, मेडिसिन,छाला सम्बन्धि चेकजाँच गरिएको शिविरका संयोजक सुवास पौडेलले जानकारी दिए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरु सहभागीता रहेको थियो ।