धरान /सधै आकर्षक पहिरनमा सजिसजाउ हुदै सुन्दरीहरुको र्याम्प नपाई हेरेको धरानको सदनसभा भवनको स्टेजमा शनिबार भिन्न किसिमको सम्भवत नेपालमै पहिलो पटक मोंटेस्वरीमा अध्ययनरत सवल बिधार्थीहरु संगै स्पेसल एजुकेशनमा अध्ययनरत स्पेसल विधार्थीहरु जस्तै डाउन सिन्ड्रोम , अटिजम विधार्थीहरु सम्मिलित “इन्क्लुसिभ फेशन सो“ सम्पन्न भएको छ ।
एक मानसिक तथा शारीरिक लक्षणको समुह जसमा अतिरिक्त गुनसुत्र २१ को उपस्थितिले हुने एउटा आनुबंशिक बिकारलाई डाउन सिन्ड्रोम भनिन्छ । डाउन सिन्ड्रोमको कुनै उपचार भन्दा पनि उनि हरुलाई माया र सहाराको अत्यन्त जरुरि हुन्छ त्यस्तै आटीज्मले ग्रस्त बिरामीहरुको शारीरिक बिकाश भएपनि मानशिक बिकाश नभएर आफ्नै दुनियामा रमाउने ,बोल्न नसक्ने तथा आफुले आफैलाई हानी पुर्याउने सम्म हुने भएकोले उनीहरुलाई उनीहरुको अध्ययनमा बिसेष सर्तकता अपनाउनुपर्ने हुन्छ । स्पेसल एजुकेशनमा यस्तै स्पेसल बच्चाहरुलाई शिक्षा दिइने गरिन्छ ।
यस्तै एक स्पेसल बच्चाको आमा समेत रहेकी फेशन डिजाइनर रेनुका शंकरले स्पेशल केटाकेटीहरुलाई सम्मिलित गराएर एउटा फेशन शो आयोजना गर्ने योजनालाई उनको यो कार्यमा मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप तथा रेडियोकर्मी इक्सा मादेन र स्पेसल एजुकेशनकि कोर्डिनेटर सर्जु देवानको पूर्ण सहयोग र साथले “इन्क्लुसिभ फेशन सो “सनिबार भब्य कार्यकर्म सहित सफलता का साथ सम्पन्न भएको छ ।
“इन्क्लुसिभ फेशन सो “मा बिभिन्न चरण गरि चार राउण्ड र्याम्पमा स्पेसल एजुकेशनका २८ जना डाउन सिन्ड्रोम , अटिजम बिधार्थी तथा किडी वर्ल्ड ,सिटी ,मेरो ,किन्डर गार्डेन ,स्टेप बाइ स्टेप ,सनराइज ,धरान ,ब्लासुम ,ह्यापी चाइल्ड ,रोजबर्ड लगायतको मोंटेस्वरीमा अध्ययनरत ३६ जना बिधार्थीहरु मध्ये कोहि हास्दै , कोहि रुदै ,कोहि बिभीन्न पोज दिदै आफ्नो शिक्षिकाहरु तथा कोरियोग्राफरसंगै र्याम्पमा हिडदा आमा-बाबाहरु ताली ले आफ्ना छोराछोरीहरुलाई हौस्यादैफोटो खिच्दै गरेको दृस्य कम रमाइलो थिएन । झन् प्रमुख अतिथि धरान उप- महानगरपालिकाका शिक्षा बिभाग प्रमुख शंकर प्रसाद घिमिरे , बिशिष्ठ अतिथि बरिष्ठ कबि तथा ब्लास्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की , बराह्का प्रमुख प्रशाशाकिय अधिकृत गंगा कालिकोटे , ड़ा. ज्योति अग्रवाल लगायतका अन्य अतिथिहरु पनि बिधार्थिहरुलाई डोर्याउदै र्याम्पमा प्रस्तुत हुदा कार्यक्रम निकै रोमान्चक बनेको थियो । बिभिन्न डिजाइनका पहिरनहरु रेनुका कलेक्शन र द बेबी वेरको रहेको थियो भने निक हेयर स्टुडीयोले सबैजनाको हेयर तथा मेकअप गरेका थिए ।
त्यस्तै विभिन्न मोंटेस्वरी तथा स्पेशल एजुकेसनका बिधार्थीहरुली आफ्नो गायन , नृत्य लगायतका आफ्नो कलाहरु प्रदशन गरेर कार्यकर्ममा थप मनोरन्जन थपेका थिए । बालबालिकाहरुमा ज्ञान –बिज्ञान संगै बिबिध मनोरन्जन पनि चाहिने भएकोले यस्ता खाले कार्यकर्मको आयोजनाले उनीहरुमा थप आत्मविश्वास पलाउने झन् डाउन सिन्ड्रोम बिधार्थीहरुले आफ्नो प्रस्तुति देखाउनपाउनु उनीहरुको क्षमताबिकाशमा ठुलो प्रभाव पार्न सक्ने भएकोले यस प्रकृतिको कार्यकर्महरु आयोजना भैरहनुपर्ने प्रमुख अथिति शंकर प्रसाद घिमिरेले बताउनु भयो । रेनुका कलेक्सन र स्पेसल एजुकेशन सेन्टरको आयोजना तथा नेपाल मोंटेस्वरी असोसिएसनको सहभागिता , इक्सा मादेनको संयोजन तथा कोरियोग्राफिमा तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा “इन्क्लुसिभ फेशन सो “ सम्पन्न भएको थियो। पहिलोपल्ट भएपनि अथितिहरु तथा अभिभावक ,शिक्षक , शिक्षिकाबाट सकारात्मक रेस्पोन्स पाएकोले आउदो दिनमा पनि स्पेशल बच्चाहरुकै लागि यस्ता कार्यकर्महरु आयोजना गर्ने आयोजक तथा फेशन डिजाइनर रेनुका शंकरले बताइन ।
        
                    
        
        
        
        


        
        
        
        
        














